- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसंवादको भिडियो कन्फ्ररेन्स

संवादको भिडियो कन्फ्ररेन्स

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १८ बैशाख ।

कोभिड १९ र बालबालिका, महिला, अपाङ्ग, जेष्ठ नागरिक र दलितको अवस्थाका बारेमा भिडियो कन्फ्ररेन्समार्फत संवाद बुधबार दाङमा गरिएको छ ।

संवादमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक कुमार लामिछाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, बालबालिकाको तर्फबाट ईशा वली, महिला प्रतिनिधि प्रभा खड्का, अपाङ्गका यज्ञ विक, जेष्ठ नागरिकका खुमानन्द अधिकारी र दलितको तर्फबाट निर्मल नेपाली सहभागी रहेका थिए ।

संवादमा सहभागी बालबालिकाको तर्पmबाट ईशा वलीले विद्यार्थीले पढ्न पाउने ब्यवस्था राज्यले मिलाउनुपर्ने बताइन् । अपाङ्गको तर्फबाट सहभागी यज्ञ विकले लामो लकडाउनले अत्यन्त प्रभावित अपाङ्गता भएका ब्यक्तिहरू भएको बताए ।

महिलाको तर्फबाट सहभागी प्रभा खड्काले लकडाउनको समयमा पनि बलात्कारदेखि विभिन्न किसिमका महिला माथि हिंसा हुनु दुर्भाग्यपूर्ण भएको बताइन् ।

दलितको तर्फबाट सहभागि निर्मल नेपालीले स साना उद्योग र पेशाबाट जिवन निर्बाह गर्दै आएका दलित समूदाय र ती उद्योगमा निर्भर भएका श्रमजीबि दलितहरूको अवस्था दर्दनाक भएको बताए ।

जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारीले तुलसीपुर उपमहानगरपालिकाले दिर्घ रोगीका लागि घरमै औषधि पु¥याईदिने कार्य र फागुनको सामाजिक भत्ता बैशाखमा बितरणका लागि बैंकसंँग गराएको ब्यबस्थाले जेष्ठ नागरिकलाई केही सहुलित महसुर गरेको बताए ।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले लकडाउनलाई सबैले पूर्णरूपमा पालना गर्नुपर्नेमा जोड दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक कुमार लामिछानेले उमहानगरपालिकाले ब्यवस्थित ढंगबाट राहत संकलन र वितरण प्रणाली अपनाएको दाबी गरे । संवाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here