- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयलकडाउनमा लापरवाही

लकडाउनमा लापरवाही

- Advertisement -spot_img

सम्पादकीय

कोभिड–१९ले अहिले विश्व आक्रान्त पारेको छ । विश्वमा नै महामारीका रूपमा फैलिएको कोरोनाले नेपालपूर्ण रूपमा लकडाउनमा छ । चैत ११ गतेदेखि लकडाउनमा रहेको नेपालमा केहि लापरवाही भने छरपष्ट रूपमा देखिएका छन् । साना ठूला सबै पक्षबाट लापरवाही देखिन्छ ।

राज्यको नीति र निर्देशनको पालन कम मात्रै भएको छ । संक्रमणबाट बच्नलाई गरिएको लकडाउन अहिले नागरिकहरूलाई रमाइलोको लागि भएको उपयोग गरेको देखिन्छ ।

आफूखुसी व्यवसायी र नागरिकले गरेको निर्णयले पनि सबै ठाउँमा लापरवाही बढाएको छ । घरमै बस्नुपर्ने समयमा लापरवाही अपनाउनेले उच्च जोखिम बढाएको छ ।

यो अवस्थामा जोखिम बढाउनुका साटो जोखिम घटाउनेतर्फ लाग्नु उत्तम हुन्छ । लकडाउन सरकारका लागि भएको होइन । आम नागरिक सुरक्षित गर्न र हुन गरिएको निर्णय हो तर पनि नागरिकहरू अबुझजस्तै भएर लापरवाही गर्नु कदाजित पनि राम्रो हैन ।

नेपालमा बुधबारसम्ममा ५८ जना कोरोना भाइरसको संक्रमणमा परेका छन् । पूर्वी नेपाल यसको मुख्यकेन्द्र जस्तै पनि भएको छ ।

दैनिकजसो पूर्वी नेपालका जिल्लाहरूमा कोरोना संक्रमित भेटिरहेका छन् । केही संक्रमितहरू भने निको भएर घर फर्किसकेका छन् ।

तर पनि निरन्तर रूपमा कोरोनासँग भिड्न आफै सुरक्षित हुनुपर्छ । यसको अर्काे विकल्प केही छैन । कोरोनाकै कारण देश नै अहिले ठप्प छ । सबै गतिविधिलाई ठप्प बनेको छ । तर पनि बिहान बेलुकाको बजार क्षेत्रको अवस्था हेर्दा पूर्णरूपमा लापरवाही देखिन्छ ।

यो अवस्था आउन भनेको कोरानालाई निम्तो गर्नु जस्तै हो । यसमा आम नागरिक सजक र सहज हुनैपर्छ ।

सबैले आफ्नो क्षेत्रबाट सरकारी नीति र निर्देशन पालना गरेमा मात्रै सुरक्षित हुने अवस्था आउने छ । महामारीको संकटबाट नेपाल पनि अछुतो रहन सकेको अवस्थालाई मनन् गर्न जरूरी छ ।

तीन खाले नीतिका कारण पनि अहिले आम नागरिकले सास्ती भोगिरहेका छन् । स्थानीय सरकार स्थानीय प्रशासन र व्यवसायीहरूले आफू अनुकूलको निर्णय र नीति अबलम्वन गर्दा त्यसको प्रत्यक्ष मारमा नागरिक परेका छन् ।

त्यसले लापरवाही पनि बढाएको छ । नीति एक भएमा र सरकारी निर्देशनको सबैले पालना गरेमा मात्रै अहिले देखिएको लापरवाही साम्य हुनेछ । यदि यो लापरवाही रहि रहे सबैलाई नोक्सान अवश्य पनि देखिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here