- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsपाठ्यपुस्तकलाई औषधीजन्यको मान्यता

पाठ्यपुस्तकलाई औषधीजन्यको मान्यता

- Advertisement -spot_img

प्रदेश टुडे
बुटवल, १७ बैशाख ।

विद्यालय तहको पाठ्यपुस्तक व्यवस्थापन गर्न पाठ्यपुस्तकलाई औषधीजन्य सामग्रीको मान्यता दिने भएको छ । लकडाउनका कारण विद्यालय शिक्षा प्रभावित भएपछि प्रदेश नम्बर ५ सरकारले पाठ्यपुस्तकलाई औषधीजन्य सामग्री सरहको मान्यता दिने निर्णय गरेको हो ।
	लकडाउनको बीचमा शुरू भएको नयाँ शैक्षिक शत्रमा बालबालिकाको हातमा पाठ्यपुस्तक पु¥याउनका लागि प्रदेश सरकारले त्यस्तो मान्यता दिन खोजेको हो ।
 प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले पाठ्यपुस्तक व्यवस्थापनको विषयलाई उल्लेख गरेर मंगलबार चारबुँदे प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिको बुँदा नम्बर ४ मा पाठ्यपुस्तक कसरी व्यवस्थापन गर्ने भन्ने विषय उल्लेख छ ।
	उक्त बुँदामा भनिएको छ, ‘पाठ्यपुस्तक बिक्री वितरणको लागि अन्य खाद्य वा औषधीजन्य सामग्री सरह सामाजिक दूरी कायम गर्दै सुरक्षा सतर्कता अपनाउने र ढुवानीको लागि गाडी पास उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई अनुरोध गर्ने’ उल्लेख गरिएको छ ।
बुँदा नं. ३ मा नतिजा प्रकाशन पश्चात् विद्यालयहरूले विद्यार्थीहरूलाई यथासम्भव कक्षागत पाठ्यपुस्तकहरूको व्यवस्था गर्ने भनेको छ । तर निजी प्रकाशनको पाठ्यपुस्तकको विषयमा भने स्पष्टरूपमा बोलिएको छैन ।
	त्यसैगरी बुँदा नम्बर २ र १ मा भने विद्यालयले स्थानीय तहसँग समन्वय गरी विद्यालयले क्रमशः प्रकाशन गर्ने र सामाजिक दूरी कायम राखी उपयुक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन स्थानीय तहसँग समन्वय गर्न भनिएको छ ।
 सामाजिक विकास मन्त्री सुदर्शन बरालले पाठ्यपुस्तक जनक शिक्षालाई जिल्ला–जिल्लामा पु¥याउने, त्यहाँबाट स्थानीय तहले वडा र स्कुलमा पु¥याउने गरी व्यवस्थापन गर्ने सोंच रहेको बताए ।
	पाठ्यपुस्तक हातमा पु¥याउन सकिए मात्रै अनलाईन, टेलिभिजन, रेडियोको कक्षा प्रभावकारी हुने हुँदा पाठ्यपुस्तक पु¥याउने कामलाई मन्त्रालयले प्राथमिकता दिएको सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले बताए । उनले लकडाउनको अवस्थामा औषधी र खाद्यान्नजस्तै गरी पाठ्यपुस्तकको ढुवानी र बिक्री वितरण गरी व्यवस्थापन गर्न खोजिएको बताए । प्रेस विज्ञप्ति ज्ञवालीकै हस्ताक्षरमा जारी भएको छ । 
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here