- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरप्रतिष्ठानलाई स्वाव बुथ

प्रतिष्ठानलाई स्वाव बुथ

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १७ बैशाख ।

दाङको घोराहीस्थित लाइन्स क्लव अफ गुरूकुल एकेडेमीले कोरोना भाइरस चेकजाँचका लागि मेडिचेक बुथ उपलब्ध गराएको छ ।

एकेडेमीले घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोनाको आशंकामा स्वास्थ्य चेकजाँच गर्न आउनेहरूका लागि स्वाव परिक्षण गर्ने बुथ उपलब्ध गराएको हो ।

गुरूकुल एकेडेमीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोनाको शंका लागेर चेकजाँचका लागि आउने बिरामीहरूको स्वाव लिनका लागि मेडिचेक बुथ अर्थात् स्वाव लिने बुथ उपलब्ध गराएको छ । गुरूकुलका संस्थापक एवं इन्जिनियर अनन्तराज घिमिरेको विशेष पहलमा उक्त बुथ प्रतिष्ठानलाई उपलब्ध गराईएको हो ।

जिल्लामा कोरोना भाइरस चेकजाँचमा सहजता होस् भन्ने उद्देश्यले बुथ उपलब्ध गराईएको एकेडेमीले बताएको छ ।

एकेडेमीका कायम मुकायम प्रिन्सिपल मुकुन्द गिरी, लाईन्स क्लव अफ क्षेत्र नम्बर ५ का एरिया चिफ लव अधिकारी लगायतको टोलीले प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारी र अस्पताल निर्देशक डा. सागर पन्थीलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानमा बुथ उपलव्ध भएपछि बिरामीहरूको स्वाव परिक्षणमा सहजता हुनुको साथै सुरक्षित सुरक्षित स्वाव लिन सहजता हुने प्रतिष्ठानकी उपकुलपती भण्डारीले बताईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here