- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरलकडाउन सकस … फलफूल बिक्री भएन

लकडाउन सकस … फलफूल बिक्री भएन

- Advertisement -spot_img

सपना बोहरा
घोराही, १७ बैशाख ।

घोराहीमा लकडाउनको कारण फलफूल बिक्रीमा समस्या देखिएको छ । कोभिड–१९ को सतर्कता अपनाउन गरिएको लकडाउनले फलफूल बिक्री नहुँदा समस्या देखिएको हो ।

लकडाउन घोषणा हुनुभन्दा पहिले नै फलफूलको आएपनि कोरोना भाइरसको त्रासले बिक्री नभएको फलफूल व्यवसायी बताउँछन् । लकडाउन भएको ३५ दिन बितिसकेको छ । तर फलफूल अझै स्टोरमै रहेको आरकेआर फ्रुट सप्लायर्सका एकाउन्टेण्ट मनोज क्षेत्रीले बताए ।

‘स्टोरमा रहेकोे फलफूल १५ दिन भित्रै सकिन्थ्यो, अहिले महिना दिन बढी भैसक्यो र पनि सकिएको छैन’ क्षेत्रीले भने ।

भारतबाट ल्याएको र कोरोनाको त्रासले गर्दा फलफूल बिक्री नभएको उनले बताए । फाटफुट रूपमा मात्रै फलफूल बिक्री हुने गरेको उनको भनाइ छ । फलफूल स्टोरमा केरा, सुन्तला, अनार, स्याउ रहेको उनले जानकारी गराए ।

होम डेलिभरी सेवा हुँदा केही ब्यापार भएपनि अब त्यो सेवा दाङ उद्योग वाणिज्य संघले बन्द गरेपछि झनै समस्या थपिएको उनले बताए ।

‘केरा र अनार दाङमै उत्पादन भएको र त्यहिबाट खरिद गरेर बिक्री गर्ने गरेको छौं’ उनले भने । तर भारतबाट आएको फलफूल भनेर ग्राहकहरूले किन्ने मन नगरेको उनले बताए ।

‘फलफूल मनपर्छ तर कोरोनाको त्रासले गर्दा डर लाग्छ’ घोराहिकी बिनु केसीले भनिन् ‘त्यसमा पनि भारतबाट आएको फलफूल होकी भन्नेमा झन शंका लागछ ।’

लकडाउन शुरू भएसँगै फलफूल उपभोगमा पनि कम गरेको उनको भनाइ छ । ‘अधिकांश फलफूल भारतबाट आउँछन्, कतै कोरोना पनि आउँछन् कि भन्नेमा डर लाग्छ’ उनले भनिन् ‘त्यसैले फलफूल खान छोडिसकेको छु ।’

त्यसैगरी घोराहीका रमेश नेपालीले केही दिन पहिले होम डेलिभरी सेवाबाट फलफूल अर्डर गरेपनि सशंकित भएर खाएको उनले बताए । उनले पनि कोरोनाको त्रास फैलिएसँगै फलफूल खान कम गरेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here