- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsघर–घरमा सामाजिक सुरक्षा भत्ता

घर–घरमा सामाजिक सुरक्षा भत्ता

- Advertisement -spot_img

इन्द्र बहादुर बुढाथोकी
सल्यान, १७ बैशाख ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर–घरमा पुगी वितरण गरेको छ । लकडाउनका कारण बृद्धबृद्धाहरू वडा कार्यालयसम्म जान नसक्ने भएका कारण नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

नगरपालिका जेष्ठ, एकल, अपाङ्गता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका ३ हजार २३ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको बनगाड कुपिण्डे नगरपालिकाका सूचना अधिकारी धर्मराज ढकालले बताए । जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको ढकालले बताए ।

लकडाउनको समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिदा दंग परेको बनगाड कुपिण्डे नगरपालिका–८ का वडा अध्यक्ष कुलबहादुर पुरीले बताए ।

लकडाउनले जनप्रतिनिधि र जनतालाई नजिक बनाउन पनि मद्दत गरेको उनको भनाई छ । जनताका घर–घरमा गएर कोरोना सम्बन्धी जनचेतनामूलक कुरा सिकाउनुका साथै भता वितरण गरिएको अध्यक्ष पुरीले बताए ।

अन्य वडाहरूमा पनि टोल–टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको नगरपालिकाले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो चौमासिक दुई करोड ३१ लाख १३ हजार ६ सय सामाजिक सुरक्षा भत्ता वितरण हुने जानकारी दिए । अहिले वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता वितरण भएको सूचना अधिकारी ढकालले जानकारी दिएका छन ।

५६० घरधुरीलाई राहत

यसैबीच पश्चिम सल्यान बनगाड कुपिण्डे नगरपालिकाले राहत वितरण तिव्रता दिइरहेको छ । बैशाख ६ गतेदेखि १ नम्बर वडाबाट राहत वितरण गर्न सुरू गरेको नगरपालिकाले अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९ मा वितरण गरेको छ

भने बाँकी तीनवटा वडामा पनि अब छिट्टै वितरण गर्ने जनाएको छ । कोरोना भाइरसको कारण देश लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण संकलन गरी राहत वितरण गरिएको नगर प्रमुख गोविन्दकुमार पुनले बताए ।

असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरूलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण भई रहेको बताए । वडास्तरबाट संकलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामग्री प्रदान गरिएको उनको भनाई छ ।

बनगाड कुपिण्डे नगरपालिका १ नम्बर वडाका १ सय २६ घरधुरी, २ नम्बर वडाका ३७ घर, ३ नम्बर वडाका २५ घर, ४ नम्बर वडाका ७९ घर, ५ नम्बर वडा ८१ घर, ६ नम्बर वडाका ३० घर, ७ नम्बर वडाका ६१ घर, ८ नम्बर वडाका ७० घर र ९ नम्बर वडाका ५१ घरलाई गरी जम्मा ५ सय ६० घरधुरीलाई २५ किलो माला चामल, ४ किलो दाल, २ लिटर तेल, २ वटा साबुन, २ पोका नुन राहत वितरण गरिएको नगर उपप्रमुख मञ्जु यरिले बताइन् ।

दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने र विपन्न समूहलाई राहत वितरण गरिएको हो । दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, जागिरी, पेशा, व्यवसाय, खेतबारी, वैदेशिक रोजगारीमा नभएकाहरूलाई वितरण गरिएको हो ।

त्यसैगरी विपन्न परिवारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरूलाई समेत गरी जम्मा ७ सय ५३ घरधुरीलाई राहत सहयोग उपलब्ध गराइने नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here