- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरसामाजिक सुरक्षा भत्ता सातामा दुई दिन

सामाजिक सुरक्षा भत्ता सातामा दुई दिन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १७ बैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ ले सातामा दुईदिन सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

वडाले जेष्ठ नागरिक, विधवा, अपाङ्ग तथा दलित बालबालिकाहरूलाई टोलका अध्यक्षको सिफारिसमा साताको आइतबार र मंगलबार दुई दिन वितरण गर्न लागेको हो ।

भत्ताका लागि २५ जनाको दरले साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड तुलसीपुरमा जानको लागि निर्णय भएको वडा अध्यक्ष भूपबहादुर केसीले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई पूर्णरूपमा पालना गर्दै सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिनको लागि टोलका वडा अध्यक्षसँग सम्पर्क गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका १६ नं. वडा समितिको कार्यालयले सबैमा आग्रह गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here