- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरथ्रेसरमा पर्दा दुबै हात काटियो

थ्रेसरमा पर्दा दुबै हात काटियो

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, १७ बैशाख ।

थ्रेसर मेसिनमा परी सल्यानका एक किसानको दुबै हात काटिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ झिम्पे निवासी ४० वर्षिय निमबहादुर योगीको गहुँ दाउने थ्रेसर मेसिनमा पर्दा मेसिनले उनको दुबै हात काटेको हो ।

गहुँको मुट्ठा मेसिनमा राख्ने क्रममा थ्रेसर मेसिनले योगीको दुवै हात छिनालेको हो । वर्षातले गर्दा बाली भित्र्याउन चटारो परेपछि रातिको समयमा नै गहुँ दाउन लाग्दा उनको हात काटिएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर बुढाथोकीले बताए ।

रातको १ बजे गहुँ दाउने पालो आएपछि योगीले हतार–हतारमा गहुँका मुठा मेसिनमा राख्दा दुबै हात मेसिनभित्र पुगेपछि मेसिनले हात काटेको अध्यक्ष बुढाथोकीले बताए । मेसिनमा परी गम्भीर घाईते भएका योगीको नेपालगंजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here