- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsराप्तीमा १३ जना क्वारेन्टाईनमा

राप्तीमा १३ जना क्वारेन्टाईनमा

- Advertisement -spot_img

प्रदेश टुडे
देउखुरी, १८ बैशाख ।

दाङको राप्ती गाउँपालिका क्षेत्रभित्रका १३ जनालाई क्वारेन्टाईनमा राखिएको छ । कोरोना भाइरसको आशंकामा उनीहरूलाई ऐरावती बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा भर्ना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

यस्तै दुईजना व्यक्तिको पिसीआर चेकजाँचका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको राउतले बताए ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक पिसिआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परिक्षण शुरू भए पश्चात् राप्ती क्षेत्रका दुई जनाको पिसिआर चेकजाँचका लागि पठाईएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर ९ का ५० वर्षिय १ पुरूष तथा वडा नम्बर ८ का २५ वर्षिय १ पुरूष गरी दुईजनाको स्वाव परिक्षणका लागि घोराहीमा चेकजाँच गरी पुनः चेकजाँचको लागि नेपालगंज पठाईएको राउतले बताए ।

पिसिआर चेकजाँचका लागि पठाईएका ब्यक्तिहरू बाहिरी जिल्ला र तेस्रो मुलुकबाट आएको बताईएको छ ।

हालसम्म राप्ती गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा १५ जनालाई भर्ना गरिएको छ भने ७ जनाको पिसिआर चेकजाँच गरिएको छ । दुईजनाको आरडि किटबाट टेष्ट गरिएको छ भने सातजना थप क्वारेन्टाइनमा बस्ने गरी घर पठाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here