- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsक्वारेन्टाइनमा एकजनाको मृत्यु

क्वारेन्टाइनमा एकजनाको मृत्यु

- Advertisement -spot_img

रोल्पा, १६ बैशाख ।
रोल्पा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु भएको छ । माडीगाउँ गाउँपालिका वडा नम्बर २ पारिवाङमा रहेको क्वारेन्टाइनमा बसेका ६२ वर्षिय एक पुरूषको मृत्यु भएको हो ।

काठमाडौं ईट्टा भट्टामा नाइकेका रूपमा काम गर्ने छोरासँग दमको उपचारका लागि गएका उनी पाँच दिन अगाडि रोल्पा आएको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।

परिवारसहित गाउँ गएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । अध्यक्ष पुनका अनुसार मृतकलाई केही वर्ष पहिले टिबी रोग पनि भएको र दमको रोग उपचारका लागि काठमाडौं गएका थिए । उनको गए राति ११ बजे मृत्यु भएको हो ।

माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार सदरमुकामबाट चिकित्सक स्वाव लिन घर्तीगाउँ पुगेका छन् । ६२ बर्षिय पुरूषको स्वाव परिक्षणका लागि दाङ पठाउने तयारी भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here