- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsदाङमा पिसिआर परिक्षण शुरू, ११ जनाको परिक्षणमा सबै नेगेटिभ

दाङमा पिसिआर परिक्षण शुरू, ११ जनाको परिक्षणमा सबै नेगेटिभ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १६ बैशाख ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक पिसिआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परिक्षण शुरू भएको छ । पिसिआर मेसिनबाट पहिलोपटक दाङमा जाँच्न सुरू गरिएको प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीले बताइन् ।

सबै प्रदेशमा कोरोनाको पिसिआर परिक्षण गर्ने भनी सरकारले गरेको निर्णयानुसार प्रतिष्ठानमा यो सेवा सुरू गरिएको हो । अन्य प्रदेशहरूले केही छिट्टै सेवा सुरू गरे पनि प्रदेश नम्बर ५ को प्रतिष्ठानले भने सोमबारदेखि मात्रै परिक्षणलाई नियमित गराएको छ । प्रतिष्ठानले पिसिआर विधिबाट गरिएको परिक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा भण्डारीले जानकारी दिइन् ।

‘प्रतिष्ठानको पिसिआर मेसिनबाट ११ जनाको स्वाव लिई परिक्षण गरिसकेका छांै’ उपकुलपति भण्डारीले भनिन्, ‘सबै रिपोर्ट नेगेटिभ आएका छन् । यसको क्रसका लागि भैरहवा पनि टेष्टको लागि पठाइएको थियो, त्यहाँ पनि नेगेटिभ नै आयो ।’ उनले चिकित्सकको सल्लाह अनुसार रिपोर्ट आएकाहरूको डिस्चार्ज गरिने बताइन् ।

घरमा क्वारेन्टाइन बस्ने गरी डिस्चार्ज गरिने प्रतिष्ठानले जानकारी दिएको छ । यद्यपि प्रतिष्ठानको नयाँ मेसिन भएकाले परीक्षणका क्रममा आएको रिपोर्टलाई भने ‘क्रसम्याच’का लागि भैरहवा पठाइएको र त्यहाँ पनि ११ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको उपकुलपति भण्डारीले जानकारी दिइन् ।

‘यहाँको मेसिनको थप विश्वसनीयताका लागि भैरहवा पठाइएको हो’ उनले भनिन् । प्रतिष्ठानमा स्वाव लिने क्रम जारी रहेको छ । बेलझुण्डीस्थित कोराना अस्पतालले पनि चारजनाको स्वाव परिक्षणका लागि प्रतिष्ठानमा पठाएको र उनीहरूको जाँच्ने काम भइरहेको प्रतिष्ठानकी उपकुलपति भण्डारीले बताइन् ।

‘केन्द्रीय प्रयोगशालाका प्राविधिकसमेत दाङमा आएर परिक्षण गरिरहेका छन् । नयाँ मेसिन जडान भएकाले शतप्रतिशत विश्वसनीयताका लागि अर्को मेसिनमा पनि क्रसचेक गरौं भनेर स्वाव पठाइएको हो’, प्रतिष्ठानकी उपकुलपति भण्डारीले भनिन्, प्रतिष्ठानमा अब एकै पटकमा पिसिआरमार्फत ९६ जनासम्मको परिक्षण गर्न सकिने छ ।

जिल्लामै पिसिआर विधिमार्फत कोरोना परिक्षण शुरू भएपछि अब स्वाव परीक्षणको लागि भैरहवा वा काठमाडौं लैजानुपर्ने समस्याको अन्त्य भएको छ । प्रदेश ५ को भैरहवा, नेपालगंज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएअनुसार घोराहीस्थित प्रतिष्ठानमा पिसिआर मेसिन जडान गरिएको हो । हालसम्म दाङबाट काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाव परिक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

जिल्लाका राप्ती प्रादेशिक अस्पतालसहित विभिन्न अस्पतालमा गरी १ सय ६६ बेडको आइसोलेसन रहेको छ भने २ सय ८८ क्वारेन्टाइनको शैया निर्माण गरिएका छन् । बेलझुण्डीमा कोरोना विशेष अस्पतालमा सबैभन्दा धेरै एक सय शैया क्षमताको आइसोलेसन सञ्चालन गरिएको छ । दाङमा अहिलेसम्म कसैलाई कोरोना संक्रमण देखिएको छैन ।

उपकुलपति भण्डारीले प्रतिष्ठानले सामान्य आइसोलेसनमा राख्नुपर्ने बिरामीहरूलाई बेलझुण्डीस्थित कोरोना अस्पतालसँग समन्वय गरेर त्यहाँ पठाइने र अत्यन्तै जटिल प्रकृतिका भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई प्रतिष्ठानमा राखिने बताइन् । ‘सबै खाले बिरामीहरू राखेर सम्भव छैन, बेलभुण्डीस्थित कोरोना अस्पतालसँग समन्वय गरेर कोरोनाको आशंकाका सामान्य बिरामीहरूलाई त्यहाँ पठाउने सोंच बनाएका छौं, जटिल प्रकृतिका फिजिसियन नै राखेर उपचार गर्नुपर्ने बिरामीलाई प्रतिष्ठानको अस्पतालमा राख्ने छौं ।’

उपकुलपति भण्डारीले अस्पतालमा १० बेडको आइसियुसमेत सुचारू भइसकेको समेत जानकारी दिइन । हालैमात्रै प्रतिष्ठानमा फिजिसियन तथा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रह्लाद कार्की र बालरोग विशेषज्ञ डा. किशोर खत्री प्रतिष्ठानमा आवद्ध भई सेवा सुरू गरेको पनि प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानमा अन्तरंग तथा बहिरङ्ग सेवा पनि सुचारू नै रहेको छ ।

प्रतिष्ठानले दिएको पछिल्लो जानकारी अनुसार कोरोनाका कारण भइरहेको लकडाउनमा प्रतिष्ठानमा प्रसूति सेवा थप प्रभावकारी भएको र झण्डै तीन सयको हाराहारीमा महिलाहरूले प्रसूति सेवा लिएका प्रतिष्ठानले जानकारी गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here