- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsकोरोनाको प्रभाव विकासमा

कोरोनाको प्रभाव विकासमा

- Advertisement -spot_img

कोरोना भाइरसको कारण यतिबेला विश्व आक्रान्त बनिरहेको छ । विश्वभर दुई लाख बढी मानिसले ज्यान गुमाई सकेका छन् । संक्रमितको संख्या ३० लाख बढी पुगेको छ । सँगै कोरोना संक्रमित भएर निको हुनेको संख्या तीन लाख नजिक पुगेको तर संक्रमितको संख्या घट्नुको साटो बढ्दो क्रममा रहेको देखिन्छ । नेपालमा पनि संक्रमितको संख्या ५२ पुगेको छ निको भएर फर्कनेको संख्या १६ रहेको छ भने कोरोनाको कारण नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको अवस्था छैन ।

विश्व आक्रान्त बनिरहेको अवस्थामा विकास निर्माणको काम ठप्प प्रायः रहेको छ । दाङमा पनि विकास निर्माणका कामहरूले गति लिन सकिरहेका छैनन् । केही समययता सुरक्षा संवेदनशीलतालाई हेर्दै विकास निर्माणका योजनाहरू अघि बढाउने तयारी भएको छ । यही विषयमा रहेर दाङ जिल्लामा रहेका सरोकारवालालाई प्रदेश टुडेको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा ल्याएका छौं । – सम्पादक

विकास निर्माणको साँचो कोरोना भाइरससँग

नरूलाल चौधरी
नगर प्रमुख
घोराही उपमहानगरपालिका

घोराही उपमहानगरपालिका सामाजिक दूरीलाई कायम गर्दै रहेका नागरिक र मजदुरको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनलाई पनी पूर्णपालना गर्दै संवेदनशील योजनाहरूलाई अघि बढाउने सोंचमा रहेपनि योजना कसरी अघि बढाउने भन्ने छलफलमै रहेको छ ? विकास निर्माणका कामहरू सञ्चालन नगरी चुप्प बस्ने अवस्था पनि छैन तर पनि कोरोना महामारीको कारण योजना सञ्चालन गर्दै गर्दा विभिन्नखाले चुनौतीहरूसमेत आईलाग्ने अवस्था रहेको छ । भत्कदै गरेको सिंचाईको बाँध मर्मत नगर्ने हो खेतमा सिंचाई नहुने अवस्था सिंचाई भएन भने कसरी खेतीपाति गर्ने अर्को समस्या त्यसमा कहिकतै कोरोना देखि हालेमा आईपर्ने समस्याको कारण उपमहानगरपालिका यो विषयमा गम्भीर रूपमा छलफलमा रहेको र केही दिनमा अत्यावश्यक योजनाहरू सुरक्षा नियमका आधारमा सञ्चालन गर्ने योजनामा रहेको छ ।

यो बीचमा केही योजनाहरू कसरी सुरूवात गर्न सकिन्छ ? भनेर जिल्ला प्रशासन कार्यालयसँग नियमित छलफल र समन्वयमा रही रहेका छौं । यो अवस्थामा विकास निर्माणका योजनाहरू अघि बढाउँदा योजना सम्पन्न गर्दा आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन त्यसको ढुवानी र काम गर्ने मजदुरको समेत सुरक्षा चुनौती रहेको अवस्था देखिन्छ । तर पनि हरेक सजकता र सुरक्षा अपनाउँदै कसरी अगाडी बढ्न सकिन्छ ? भनेर प्रमुख जिल्ला अधिकारीसँग समन्वयमा रहेर केही दिनभित्रैमा केही संवेदनशील आयोजना तथा योजनाहरू अघि बढाउने सोंचमा भने पुगेका छौं । नागरिकको लागि विकाससँगै स्वास्थ्यसमेत महत्वपूर्ण विषय भएकोले यो बारेमा गम्भीर बन्न अत्यावश्यक भने रहेको छ ।

नेपाल मात्र नभएर यतिबेला पूरा विश्व कोरोनाबाट बच्न लकडाउनमा रहेको अवस्था छ कहिकतै सानो लार्पाबाही भयो र त्यसबाट भोली अर्को समस्या देखियो भने झन बिकराल समस्या निम्तिने खतरा हामीमाझ रहेको छ । यस अर्थमा हेर्दा यो पटक विकास निर्माणको साँचो कोरोना भाइरससँग जोडिएको अवस्था रहेको छ । दाङलगायत प्रदेश नं. ५ मा यतिबेला कोरोना संक्रमितको पोजेटिभ रिर्पोट नदेखिएकोले केही सहज भएपनि खतरा भने कायम रहेको अवस्था भने पक्कै रहेको छ । विकास निर्माणका कामहरू प्रभावित हुँदा यसले आगामी दिनमा निकै प्रभाव पार्ने भने निश्चित रहेको पक्का छ । समग्र उपमहानगरपालिका यतिबेला कोरोना नियन्त्रण र समस्यामा परेका नागरिकहरूलाई राहत पु¥याउन केन्द्रित रहेको छ ।

१४ शीर्षकका बजेट रोक्का

सशिन्द्र खाती
प्रमुख कोष नियन्त्रक
कोष तथा लेखा नियन्त्रण कार्यालय दाङ

यस कार्यालयमार्फत सञ्चालन हुने गतिविधिहरू निरन्तर भैराखेका छन् । कार्यालयमा माग भई आएका कुनै पनि निकासाहरू रोकिएको अवस्था भने छैन । नियमित खर्च शीर्षकको रकमजस्तो तलब भत्ता शीर्षकको रकम रोेकिएको अवस्था छैन । यस कार्यालयले संघ र प्रदेश सरकारबाट सञ्चालनमा आएका योजना तथा कार्यक्रमहरूको मात्र अख्तियारी पाउने भएकोले सो अनुसार रकम निकासाको लागि माग हुने कुनै पनि शीर्षकको रकम नियमित निकासा भईरहेको अवस्था छ ।

तर अर्को व्यवस्था नहुँदासम्म विभिन्न १४ वटा शीर्षकको बजेट रोक्का गर्ने निर्देशन बमोजिम त्यो शीर्षकमा भने निकासा रोकिएको अवस्था छ । देशैभरी कोरोना नियन्त्रणको लागि लकडाउन घोषणा गरिएको अवस्थाको कारण यतिबेला विकास निर्माणको विभिन्न गतिबिधिहरू न्यून हुँदा खर्च निकासा भने न्यून रहेको छ ।

सञ्चालनमा आएका आयोजना अपूरो

बासुदेव भण्डारी
प्रमुख
पूर्वाधार विकास कार्यालय, दाङ

देशमा कोरोनाको संवेदनशीलताको अवस्था अझै कायमै रहेको र देश लकडाउनकै अवस्थामा रहेको छ । यस्तो अवस्थामा निश्चय पनि आयोजनाका कामहरू प्रभावित हुने अवस्था देखिएको छ । यस कार्यालयबाट हाल ७० वटा विभिन्न योजनाहरू सञ्चालनमा आएपनि अहिलेको अवस्था कायमै रहे उक्त आयोजनाहरू पूरा हुनसक्ने अवस्था देखिदैन जिल्ला प्रशासन कार्यालयमा दाङमा केही समय अघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पूर्ण स्थानीय तहका प्रमुख र सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूबीच भएको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै केही संवेदनशील आयोजनाहरूलाई अघि बढाउने सकिन्छ की भन्ने बिषयमा केन्द्रित भएपनि अझै अवस्था सामान्य भैसकेको अवस्था छैन ।

सरकारले बैशाख २५ गतेसम्म पुनः देशैभर लकडाउन घोषणा गरेको अवस्था छ । अझै यो अवस्था के हुने भन्ने अनिश्चित प्राय छ ? यस्तो अवस्थामा विकास निर्माणका आयोजनाहरू प्रभावित हुने अवस्था निश्चित रूपमा देखिन्छ । तर पनि कतिपय आयोजनाहरू सम्पन्न गर्न नलागि नहुने अवस्था पनि छ । अब विकास निर्माणको काम गर्ने समय दुई महिना मात्र रहेको छ । यो अवस्थामा योजना निर्माण कार्य सम्पन्न गर्दा आवश्यक पर्ने कच्चापदार्थ र आवश्यक सामग्रीहरू बाहिरबाट निर्यात गर्नुपर्ने बाध्यतासमेत छ । देशमा लकडाउनको अवस्था कायम रहेकोले त्यस्ता सामग्रीहरू यहाँ भित्र्याउन पक्कै सहज छैन ।

यो बीचमा सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई सामाजिक दूरी कायम गर्दै सुरक्षाका हरेक उपायहरू अपनाएर सञ्चालन गर्ने सोंच बनाईरहेकोले यो बीचमा जिल्लामा सञ्चालनमा आएका आयोजनानका निर्माण व्यवसायीहरू सम्पर्कमा आए पनि आफूहरूले उनीहरूको लागि योजना सञ्चालन गर्ने नगर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा सिफरिस गरेको र जिल्ला प्रशासनको निर्णयानुसार आयोजना सञ्चालन हुने नहुनेमा भरपर्ने अवस्था छ । भएको बजेट असार महिनापछि खर्च गर्ने अवस्था छैन । देशमा लकडाउनको अवस्था कायमै रहेको छ । अनि बाँकी रहेको समयमा काम पूरा हुने नहुने कस्तो अवस्था रहन्छ त्यो पनि मध्यनजर गर्नुपर्ने अवस्था रहेकोले निश्चिय पनि धेरै योजनाहरू प्रभावित बन्न सक्ने अवस्था रहेको छ ।

५० प्रतिशत योजनाहरू सम्झौता हुन बाँकी

पवन कुमार योगी
इन्जिनियर
तुलसीपुर उपमहानगरपालिका

समग्र विश्वसँगै नेपालसमेत यतिबेला कोरोना अर्थात् कोभिड–१९ बाट प्रभावित भएको अवस्था छ । पूरै देश अहिले कोरोना नियन्त्रणमा जुटेको छ । त्यो सँगै संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसमेत यतिबेला सरकारले घोषणा गरेको लकडाउन पालना र कोरोना नियन्त्रणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको अवस्था छ । त्यसै अन्तर्गत तुलसीपुर उपमहानगरपालिका पनि कोरोना नियन्त्रणका विभिन्न क्रियाकलापहरूमा सँगै नागरिकहरूलाई राहतको कुरामा जुटेको अवस्था रहेको छ ।

कोरोना नियन्त्रणको लागि सरकारले यतिबेला लकडाउन घोषणा गरेको र यो अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले आव ०७६÷७७ मा विकास बजेटअन्तर्गत छनौट गरेका योजनाहरू कार्यान्वयनको कुरामा समस्या देखिएको छ । ५० प्रतिशतभन्दा बढी योजनाहरू सम्झौता हुनै बाँकी रहेको छ । यो बीचमा कार्यपालिकाको बैठक बसी सम्झौता भएका योजनाहरूलाई सुरक्षा नियमका आधारमा सामाजिक दूरी कायम गदै अघि बढाउने निर्णय भएको र सोहिअनुसार सम्झौता भएका योजनाहरू अहिले स्थानीय प्रशासनसँग समन्वय गर्दै सञ्चालन हुने अवस्थामा रहेका छन् । जसको लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय र सम्पर्कमा रहेर कसरी अत्यावश्यक आयोजनाहरू सञ्चालन गर्न सकिन्छ ? भन्ने विषयमा उपमहानगरपालिका रहेको छ ।

पहिलो प्राथमिकता सम्झौता भएका योजना त्यो पनि संवेदनशीलताको आधारमा काम गर्न सकिन्छ भनेर सोचिरहेको र त्यो अनुसार सामाजिक दूरी कायम गर्दै श्रमिकको समेत स्वास्थ्यलाई ख्याल पु¥याउँदै अघि बढ्नुपर्ने अवस्था रहेको छ । तर सम्झौता हुन बाँकी रहेका योजनाको हकमा आगामी दिनमा आवश्यक निर्णय गर्दै अघि बढ्ने योजनामा तुलसीपुर उपमहानगरपालिका रहेको छ ।

योजना मर्मत नहुँदा सिंचाई प्रभावित

गणेश मरासिनी
प्रमुख
जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय तुलसीपुर

हाल जिल्लामा ५५ वटा विभिन्न आयोजनाहरू सञ्चालनमा रहेको भएपनि यो आर्थिक वर्षभित्रमा १३ वटा आयोजनाहरू पूरा हुने लक्ष्य राखिएकोमा करिव पाँचवटा विभिन्न योजनाहरू पूरा हुनसक्ने अवस्था रहेको छ । कोरोनासँगै देशमा लकडाउन घोषणा भएपछि पूरा एक महिना योजनाका कामहरू प्रभावित भए, जसको कारण तोकिएको समयमा योजनाहरू पूरा नहुने अवस्था रहेको छ । यो आर्थिक वर्षमा जिल्लामा आठसय ४५ हेक्टर जमिनमा सिंचाई पु¥याउने लक्ष्य राखिएको भएपनि त्यो पूरा नहुने अवस्था देखिएको छ ।

बैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको स्थानीय तहका प्रमुख लगायत सरोकारवाला निकायसँग बसेको बैठकपछि यस कार्यालयबाट जिल्लामा सञ्चालनमा आएका १५ वटा संवेदनशील आयोजनाहरू सञ्चालनमा आएका छन् । जस अन्तर्गत अहिले नदी नियन्त्रण र सिंचाईका विभिन्न ड्याम निर्माणसँगै केही संवेदनशील योजनाहरू मर्मत सम्भार गर्ने कार्यहरू अघि बढेको छ । यो अवस्था रही रह्यो भने जिल्लामा सिंचाई प्रभावित हुने र किसानका खेतबारीमा पानी पु¥याउन कठिन हुने र जसले गर्दा कृषिमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

संवेदनशील योजना पहिलो प्राथमिकता

भागीराम चौधरी
अध्यक्ष
दंगीशरण गाउँपालिका

गाउँपालिकाले आर्थिक बर्ष ०७६÷७७ को विकास बजेटका योजनाहरूको सम्झौता तथा कार्यान्वयनको कुरालाई अघि बढाउँदै गर्दा देशमा लकडाउनको घोषणा भएसँगै योजना सम्झौता तथा कार्यान्वयनको दुबै कुरा अहिले प्रभावित भएको अवस्था छ । विश्वभर देखिएको कोरोना भाइरसको कारण समग्र गाउँपालिका यसको न्यूनीकरणमा केन्द्रित भएको अवस्था छ । यो बीचमा नागरिकहरू आफ्नो घरमै बसिरहेका छन् । ग्रामीण क्षेत्र भएकोले आम मानिसहरू सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै कृषि बाली भित्र्याउने तयारीमा समेत जुटेका छन् । यो बीचमा गाउँपालिकाले आव ०७६÷७७ मा विकास बजेटअन्तर्गत विनियोजन भएका योजनाहरू अघि बढ्न सकिरहेका छैनन् जसले गर्दा योजना निर्माणको कुरा प्रभावित हुने निश्चित प्रायः देखिएको छ ।

लकडाउन अघि गाउँपालिकाको योजना शाखामा सम्झौता हुन आएका योजनाहरू सामाजिक दूरी कायम गर्दै व्यक्तिगत सुरक्षाका आधारमा सञ्चालन गर्ने र त्यही अनुसार काम गर्न उपभोक्ता समितिहरूलाई समेत अनुरोध गर्ने निर्णयमा आफूहरू पुगेपनि त्यसको लागि प्रमुख जिल्लासँग निरन्तर समन्वयमा रहेर अघि बढ्ने योजना आफ्नो रहे पनि कोरोनाको संवेनशीलता हेरेर सजक भने रहेका छौं । त्यसमा पनि अति संवेदनशील योजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर आफूहरूले कार्य गर्ने निर्णयमा पुगेका छौं । तर त्यस्ता योजनाहरू सञ्चालन गर्दा कुनैपनि योजना प्राविधिक स्टिमेट अनुसार पूर्ण हुने अवस्थामा मात्र सञ्चालन गरिने तयारी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here