- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-news७१० घरधुरीलाई साबुन र मास्क

७१० घरधुरीलाई साबुन र मास्क

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १६ बैशाख ।

सुर्खेतको सिम्ता गाउँपालिका ३ नम्बर वडा कार्यालय आग्रीगाउँले प्रत्येक घरका सदस्यलाई पुग्ने गरी एक व्यक्ति एक मास्क र एक घर एक साबुन वितरण गरिएको छ । ३ नम्बर वडाको प्रत्येक घरधुरीलाई ३ हजार १ सय मास्क र ७ सय १० घरधुरीलाई साबुन वितरण गरिएको छ । मास्क बजारभरी अभाव भएको अवस्थामा वडा कार्यालयले स्थानीय टेलरलाई सिलाउन लगाएर तयार गरेको थियो ।

वडा नम्बर ३ मा गठन गरिएका नौवटा युनिट एक्सन टिमले प्रत्येक टोलको घरधुरीमा पुगेर प्रत्येक घरको परिवार संख्या, भारत र अन्य देश गएको संख्या, घर बाहिर तथा नेपालभित्र कुनै ठाउँमा गएको संख्या र दीर्घ रोगीको अवस्थाको विवरण संकलन गरेका थिए । माक्स र साबुन वितरण प्रत्येक टोलका युनिट एक्सन टिमले मास्क र साबुन वितरण गर्ने वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिए । ३ नम्बर वडा कार्यालयले कोरोना रोकथामको लागि सबै राजनीतिक दल, समाजसेवी र संघसंस्थाताको सक्रियता देखिएको छ ।

केही दिनभित्र विपन्न घरधुरीलाई खाद्यान्न वितरण गर्ने तयारी गरेको वडा सदस्य लोक बहादुर शाहीले जानकारी दिए । वडा कार्यालयले विपन्न घरधुरी पहिचान गरिसकेको वडा सचिव तेजबिक्रम सिंहले बताए । टोलस्तरको युनिट एक्सन टिमले मुठी, माना, पाथी र मुरी अभियान सञ्चालन गरी आपतकालिन अन्न भण्डार गर्ने निर्णयसमेत भएको छ ।

यस्तै गरी वडा नम्बर ४ बजेडी चौरले पनि विपन्न घर परिवारलाई खाद्यान्न वितरण गर्न शुरू गरेको वडा अध्यक्ष भिम बहादुर रावतले जानकारी दिए । वडा नम्बर ६ राकमले पनि सबै नागरिकलाई एक व्यक्ति एक माक्स र विपन्न घर परिवारलाई खाद्यान्न वितरण गर्ने शुरू गरिएको वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here