- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरसुरक्षित सेवा दिनुस्ःअध्यक्ष बास्कोटा

सुरक्षित सेवा दिनुस्ःअध्यक्ष बास्कोटा

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १६ बैशाख ।

नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले कोरोना भाइरस कोभिड–१९ को सन्त्रासपूर्ण वातावरणमा आफू पनि बाचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश दिदै सुरक्षित भएर सेवा दिन सम्पूर्ण औषधि थोक व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल औषधि थोक व्यवसायी संघ ५ नम्बर प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको डिजिटल संवादमा अतिथि वक्ताको रुपमा बोल्दै केन्द्रीय अध्यक्ष बास्कोटाले औषधि व्यवसाय नाफामूलक मात्र नभई सेवामूलक पनि भएकोले अहिलेको विषम परिस्तिथिमा सम्पूर्ण थोक व्यवसायीहरु एकजुट भएर औषधिको सहज आपूर्ति र व्यबस्थापनमा लाग्नुपर्नेमा जोड दिए ।

औषधि व्यवसाय सुरक्षित हुनुपर्छ साथै सबैको सम्मान पनि हुनुपर्छ भन्ने सोच लिएर अगाडि बढेको विशुद्ध औषधि थोक व्यवसायीहरुको संस्थाको यो उद्देश्यलाई साकार पार्नको लागि सम्पूर्ण थोक व्यवसायीहरु एकजुट भएर समान नीति र स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनको धारणा थियो ।

डिजिटल संवादमा जोडिएका सबै सदस्यहरुले प्रविधिको उच्चतम प्रयोग गर्दै यस्तो विषम परिस्तिथिमा पनि केन्द्रीय अध्यक्षलगायत सहभागी सदस्यहरु बीच विचार आदानप्रदान गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । डिजिटल संवादको सहजीकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here