- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsरतुवाको सिकार गरी भागबण्डा गर्ने बेला गस्ती टोली पुगेपछि…

रतुवाको सिकार गरी भागबण्डा गर्ने बेला गस्ती टोली पुगेपछि…

- Advertisement -spot_img

दाङ, १५ बैशाख ।
डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाँउपालिका वडा नं. २ अमुवा भन्ने स्थानमा रतुवा शिकार गरी भागवण्डा लगाई बाँडिरहेको अवस्थामा सोमबार दिउँसो पाँचजनालाई पक्राउ गरेको छ ।

पाँचजनालाई रतुवाको मासुसहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा ल्याएको निमित्त डिभिजन वन अधिकृत धरणीधर चौधरीले जानकारी दिए । वन क्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानीयहरु जम्मा भई खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताए ।

मारिसकेपछि गाउँलेहरु मिली मासु भागबण्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेहरुमा शान्तिनगर गाँउपालिका वडा नं. २ अमुवाका राम बहादुर नेपाली, कलबहादुर भण्डारी, दिल बहादुर दमाई, तुलसीराम वली, ओपेन्द्र बहादुर भण्डारी रहेका छन् । घटनाका विषमा थप अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here