- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsसवारी साधनमा कडाई गर्न गृहको निर्देशन

सवारी साधनमा कडाई गर्न गृहको निर्देशन

- Advertisement -spot_img

दाङ, १५ बैशाख ।
नेपाल सरकार गृह मन्त्रालयले सवारी साधनको आवातजावतमा थप कडाई गर्ने कडा निर्देशन जारी गरेको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै अनुमति बिना कुनै पनि सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ ।

फाइल तस्विर

बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारी साधनलाई साँझको समयमा अनौपचारिकरुपमा केही खुकुलो गराएकोमा बीच सडकमा अलपत्र परेका तथा बिचल्लीमा परेका अधिकांशको उद्धार भइसकेको ठहर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सवारी साधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भएकाले कडाइ गरिएको गृहको भनाइ छ । अतिआवशयक सवारी साधनहरुलाई र कार्यविधिले तोकेका सवारी साधनहरुलाई भने कुनै समस्या नपर्ने गृहको भनाई रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here