- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsवन क्षेत्रमा बाटो खन्ने स्काभेटर नियन्त्रणमा

वन क्षेत्रमा बाटो खन्ने स्काभेटर नियन्त्रणमा

- Advertisement -spot_img

दाङ, १५ बैशाख ।
लकडाउनको मौका छोपी वन क्षेत्रमा बाटो खनिरहेको आरोपमा डिभिजन वन कार्यालय दाङको टोलीले चालकसहित एउटा स्काभेटर नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ स्थित च्यानगैरादेखि श्रीचौर जाने गोरेटो बाटोमा विना अनुमति स्काभेटर प्रयोग गरी बाटो खनिराखेको अवस्थामा शुक्रबार राति साढे १ बजे डिभिजन वन कार्यालय दाङबाट खटि गएको गस्ती चालकलाई पक्राउ गरी बाटो खन्न प्रयोग गरिरहेको स्काभेटर नियन्त्रणमा लिएको छ ।

च्यानगैरादेखि श्रीचौर जाने बाटो खन्ने सिलसिलामा दुवीचौर राष्ट्रिय वन खण्डमा बाटो खनिरहेको अवस्थामा रा १ क ७५९ नम्बरको स्काभेटर प्रयोग गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । ४ देखि ८ मिटरसम्मको चौडा अन्दाजी ८ सय मिटर बाटो खनिसकेको अवस्थामा बंगलाचुली गाउँपालिका वडा नं. २ बस्ने वर्ष २५ का थमबहादुर घर्ती मगरले उक्त स्काभेटर चलाएका थिए ।

चालकलाई दाङ देउखुरी जिल्ला अदालतबाट भिडियो कन्फरेन्समार्फत १५ दिनको म्याद थप घटनाको अनुसन्धान भैरहेको कार्यालयले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भईरहेको अनुसन्धानबाट दोषी पत्ता लगाई घटनामा संलग्नहरुलाई प्रचलित कानूनी बमोजिम कारवाही गरिने डिभिजन वन कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here