- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsमेरो बुवा

मेरो बुवा

- Advertisement -spot_img

ए सरकार !
के मेरो बुवा नेपाली नागरिक होइन र ?
चुनाव ताका मेरो बुवा तिम्रा लागि सबथोक थिए,
तर आज तिम्रो आखाँले मेरो बुढा बुवाको दुःख देखेन,
तिम्रै मुटुबाट बैशाखको तातो रापमा,
खाली खुट्टा हिड्दा पनि,
तिमी त्यहि बाटोको गाडीमा हुईकियौं,
तर तिमीले दुःख देखेनांै,
ए सरकार !
के मेरो बुवा नेपाली नागरिक होईन र ?

काठमाडौंका तिम्रा गगनचुम्मी महलमा,
मेरा बुढा बुवाको रगत र पसिना मिसिएको छ,
अस्तिसम्म तिमी,
म मजदुरको मसिहा भन्थेउ,
खाली पेट पानीको भरमा हिडेका मेरा बुवाको,
तर तिमीले दुःख देखेनौं,
ए सरकार !
के मेरो बुवा नेपाली नागरिक होईन र ?

न काम, न दाम, न माम भएपछि,
मातृभूमि पुगी बाँचिन्छ भन्ने आशाले,
महाकाली हाम फालेका मेरा बुवालाई,
तिम्रा सिपाहीले देशद्रोही सरह मानेर,
नाङ्गै जेल लगेछन्,
तर तिमीले दुःख देखेनांै,
ए सरकार !
के मेरो बुवा नेपाली नागरिक होईन र ?

रोग र भोक सबैलाई एउटै भए पनि,
नेपाली नेपालीमा फरक किन,
कोहीलाई चार्टर विमान,
मजदुरलाई यति धेरै सास्ती,
सीमामा अनायासै मेरा बुवामाथि लाठी बर्सिदा,
तर तिमीले दुःख देखेनौं,
ए सरकार !
के मेरो बुवा नेपाली नागरिक होईन र ?

देउखुरी, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here