आमा आमा आमा मेरी प्यारी आमा
खाइ नखाई रगतको टुक्रा पाल्छिन मेरी आमा
नौ महिना गर्भमा राखी विभिन्न कष्ट बोकी
नयाँ संसार देखाउने प्यारी मेरी आमा मेरी आमा
दुःखकष्ट सबै शिरमा राखी हिड्छिन् प्यारी आमा
सन्तानको सुखीको लागि हर्दम तयार जे गर्न नी आमा
नदेऊ कुनै दुःख, वेदना सक्नुहुन्न हेरी बस्न
जति टाढा भए पनि सम्झना छ मेरी आमा
भन्छन् पुज्दै छु पाऊ त्यी ढुङ्गे देवीको चढाई फुल
के अर्थ घरकी आमालाई रोदनमा राखी ढोगेको फल
देवी त घरघर मै छिन् नियाल् हे ! मानव खोली आँखा
वेदनाको छट्पटाहटमा छिन् सृष्टि दिने त्यी आमा
जन्माएर मलाई तिमीले ठूलो ऋण बोकाई दियौं
संसार के हो भनी चिन्न क ख ग घ… सिकाइ दियौं आमा
कसो गरी तिरौ आमा दश धारा दूधको भारा
धन्य–धन्य मेरी आमा धर्ती लोकमा झिकाई दियौं आमा
एउटी आमा हुन् जसले अन्य सबैको ठाउँ लिन सक्छिन् तर जसको ठाउँ अरू कसैले लिन सक्दैनन् ।
(मातातीर्थ औंसीको हार्दिक शुभकामना…