Saturday, April 13, 2024
Homebreaking-newsज्योति विकास बैकको उपमहानगरलाई सहयोग

ज्योति विकास बैकको उपमहानगरलाई सहयोग

- Advertisement -spot_img

दाङ, १० बैशाख ।
ज्योति विकास बैक लिमिटेड शाखा तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाको फुड बैकमा खाद्यान्न सहयोग गरेको छ । तुलसीपुरलाई सेवा क्षेत्र बनाएर तुलसीपुरमा शाखा सञ्चालन गरेको बैकले फुड बैकमा ५० हजार बराबरको खाद्यन्न सहयोग गरेको उपमहानगरलले जनाएको छ ।

वैकका शाखा प्रवन्धक डिल्लीबहादुर खत्री, कमल रावल, रक्षा मल्ल, भरत चौधरीले नगरप्रमुख घनश्याम पाण्डेलाई साढे आठ क्वीन्टल चामल, दाल लगायतका खाद्यसामाग्री हस्तान्तरण गरेका हुन । लकडाउनका कारण जीवनयापन सञ्चालनमा गाह्रो भएकाले गरीब र विपन्न वर्ग र समुदायको सहयोगका लागि बैकले खाद्यान्न सहयोग गरेको शाखा प्रबन्धक खत्रीले बताए ।
‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो, वैकका प्रबन्धक खत्रीले भने ।

‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो, वैकका प्रबन्धक खत्रीले भने । उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन । सहयोग ग्रहण गर्दै नगरप्रमुख पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै बस्ने अवस्था सृजना हुन नदिने वताए । उनले नगरको अभियानलाई सहयोग गर्ने बैकलाई धन्यवाद समेत दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here