कैदी झै भएको छ सजायको भोगी झै
चार भित्ता भेल भएको छ भोकाएको सिंह झै
तित्तर बित्तर बिलौना छ जहाँतहाँ होसहौसी विहीन भै
मौनता नै अप्रिय भएको छ कोलाहलको अत्रिप्त ध्वनी झै
भन्छन् सजाय भोग्ने छ क्रुर कामलाई अग्र दिए
यहाँ आफै मूल्यांकन गर्दै छ प्रकृतिले छेदबिछेद भै
हेर्दैछ सुन्य सन्नाटा बनाई सबथोक हुँदा पनि
भन्थे अग्रजहरु आउने छ प्रकृति भयावह भै
थियो रे ! धनसम्पत्ति अथाह किन्न सक्छु सब भन्थे खै
त्यी नै गरिवी झै बसेका छन् भोकमरीको प्यासी भै
हुँदो रहेछ आफ्नै घर पनि झ्यालखाना भए नी दरवारै
घमण्ड खै केमा गर्ने र देखाई दियो प्रकृतिले सबलाई रूवाई
चाहिँदैन रहेछ चार भित्ता नै झ्यालखाना हुन् हुँदो रहेछ संसार नै
सजाय त भोग्नै पर्ने रहेछ सहजै भान भयो होला अब है
प्रकृति स्वयम् खडा हुँदो रहेछ परे भयावह विनाशकारी भै
देऊ छुट्कारा हे ! प्रकृति झ्यालखानाको उदेक धरोहर भत्काई