Sunday, December 15, 2024
Homebreaking-newsदाङका सबै मस्जिदको अनुगमन

दाङका सबै मस्जिदको अनुगमन

- Advertisement -spot_img

दाङ, १० बैशाख ।
दाङका मस्जिद तथा मदरासाहरूमा अनुगम गरिएको छ । विदेशबाट मुस्लिम समुदायका मानिसहरू आएर लुकेको भन्ने आशंकामा जिल्लामा रहेका २१ वटा मस्जिद तथा मदरासाहरूमा अनुगमन गरिएको हो । केही समयमा अगाडी सिमावर्ती तराईका जिल्लाहरूमा विदेशबाट आएकोमा कोरोना संक्रमण भेटिएपछि देशैभर रहेका मस्जिदहरूमा अनुगमन गर्न थालिएको थियो ।

दाङ जिल्लामा अनुगमनका क्रममा लुकेर बसेको अवस्था कतै नभेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दाङका शाखा अधिकृत हिमाल विश्वकर्मा, रिपुमर्दन गण घोराहीका मेजर श्याम थापा, मानवअधिकारकर्मी तथा मुस्मिल संगठनका केन्द्रीय सचिवालय सदस्य एबं दाङ जिल्ला इन्चार्ज साजीदा सिद्दिकी लगायतले अनुगमन गरेका थिए ।

अनुगमन गर्दा मस्जिदमा अजन तथा नमाज पढ्ने कतै एकजना र कतै दुईजना बाहेक अन्य नभेटिएको जिल्ला प्रशास शाखा अधिकृत विश्वकर्माले जानकारी दिए । उनले नमाज पढ्नका लागि विदेशबाट दाङमा कोही नआएको समेत बताए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध मुस्लिम समुदाय पनि सतर्क रहेको पाइएको विश्वकर्माले जिकिर गरे । ‘यो रोगका विरुद्ध मुस्लिम समुदाय सतर्क रहेको पाइएको छ’, उनले भने ।

यस्तै मुस्लिम संगठनका केन्द्रीय सचिवालय सदस्य साजिदा सिद्दिकीले लुकेर रहेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको भन्दै लुकेर रहेको नपाइएको जानकारी दिए । ‘लुकेर बसेको भन्ने गुनासो आएपछि हामीले दाङ जिल्लाका सबै मस्जिद तथा मदरासामा अनुगमन ग¥यौं’ उनले भने ‘त्यस्तो पाइएन बरु उनीहरू सचेत रहेको पाइयो ।’ मदरासाहरू पनि शिक्षा मन्त्रालयको निर्देशन अनुसार बन्द रहेको उनले बताइन् । उनका अनुसार जिल्लामा २० वटा मस्जिद र २१ वटा मदरासा रहेका छन् । ति सबैको अनुगमन भएको छ ।

आइतबार र सोमबार दुईदिन सबैको अनुगमन गरिएको थियो । शान्तिनगरको अमुवामा रहेको एकवटा मस्जिद, तुलसीपुरमा तीनवटा, घोराहीमा दुईवटा, लमहीमा दुईवटा, गढवामा तीनवटा, गंगापरस्पुरमा दुईवटा, कालाकाँटीमा एकवटा, भालुवाङमा दुईवटा, कोइलाबासमा तीनवटा, राजपुरमा एकवटा र देविकोटमा एकवटाको अनुगमन गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here