Friday, February 7, 2025
Homebreaking-newsचार सिकारी हतियार र मोटरसाइकलसहित पक्राउ

चार सिकारी हतियार र मोटरसाइकलसहित पक्राउ

- Advertisement -spot_img

दाङ, १० बैशाख ।
डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले पश्चिम दाङबाट चारजना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ । मंगलबार दिउँसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं ५ स्थित हात्तीखाल सामुदायिक वन क्षेत्रबाट चारजना सिकारी, उनीहरुले प्रयोग गरेको चारवटा मोटरसाइकल र एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं ५ का मधु शाह, गंगाराम चौधरी, सुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन् । वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुराकी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जाँदा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका चारजनालाई पक्राउ गरेको डिभिजन अधिकृत ज्ञवालीले जानकारी दिए ।

डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तीमा गएको थियो । वन क्षेत्रको पाँच स्थानमा लुकेर जनावर मार्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गरिएपछि थप सिकारी पक्राउ नपरेको ज्ञवालीले बताए । सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा टोलीले सिकारीलाई पक्राउ गरेको र अरु सिकारीहरुसमेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा आठजना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here