Friday, February 7, 2025
Homebreaking-newsबनगाड कुपिण्डेको डोप्केमा खानेपानी समस्या

बनगाड कुपिण्डेको डोप्केमा खानेपानी समस्या

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, ८ बैशाख ।

सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा–४ डोप्केमा खानेपानीको समस्या भएको छ । कोरोना भाइरसको सन्त्रासभन्दा पनि सल्यानका स्थानीयलाई भने खानेपानीको पिरलोले बढी सताउन थालेको छ । देशमा लकडाउन भएको र कोरोनाका कारण कसैको घरमा नजाने भिडभाड नगर्न सरकारले भने पनि खानेपानी कारणले भिडभाड जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

दैनिक ५० लिटर खानेपानी पालो लगाएर लिने गर्दछौ तर पनि घरमा रहेका गाई भैंसी लगाएतका बस्तुभाउलाई खुवाउने कि आफूहरुले खाने समस्या भएको बताएका छन् । बलतल्ल मान्छेलाई खानेपानी पुग्ने, नुहाउने कपडा धुनेदेखि शौचालयमा प्रयोग गर्ने कि अहिले आएको कोरोनाबाट बच्नलाई दैनिकी १५/१६ पटक साबुन पानीले हातमुख धुदा त पानीनै पुग्दैन कसरी सरसफाई गर्ने ? भनेर आफूहरुलाई पिरोली रहेको बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केकी रुमा बुढाले बताइन् ।

कोरोना भाइरसको भन्दा आफूहरुलाई कति बेला पानी भर्ने र घरको काम गर्ने भन्ने चिन्ता लागेको उनले बताइन् । बनगाड कुपिण्डे नगरपालिका १२ वटै वडाका अधिकांस डाँडाकाँडाका बस्तीहरुमा खानेपानी समस्या हुने गरेको छ । सुक्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि गाउँमा खानेपानी हाहाकार भएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ डोप्केका दुर्गा बस्नेतले भने गाउँका ६५ घरधुरीलाई खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ ।

एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता रहेको उनले बताए । बालबालिकालाई पढाइभन्दा खानेपानी भर्नमा पढी प्रयोग हुने भएकोले पढाइ, लेखाई समेत बढी प्रभाव हुने गरेको छ । यस्तो समस्या प्रत्येक वर्षौदेखि व्यहोर्दै आइरहेको उनले बताए । ‘एकातिर कोरोनाको डर, अर्कोतिर बस्तुभाउ त परै जाओस् मानिसले खानेपानी कहाँबाट ल्याउने भन्ने छ’ उनले भने । गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको डाबखोला मुहानबाट पाइपमा पानी ल्याएको सानो पानीको मुहानका कारण गाउँमा पानी नपुग्ने भएकोले अन्यत्रबाट पानी ल्याउने कुनै ठाउँमा नहुँदा समस्या भएको बस्नेतले बताए ।

देशमा तीन तहको सरकार हुँदा पनि आफूहरुलाई कहिले पनि खानेपानीको लागि बजेट नदिएको दुर्गा बस्नेतले गुनासो गरे । वषौंदेखि खानेपानीको हाहाकार हुँदा पनि सम्बन्धित निकायले कुनै वास्ता नगरेको झलक बुढाले बताए । उनले पनि भने, ‘खानेपानीको व्यवस्था गरिदिन नगरपालिकालगायत सबै ठाउँमा धाइयो, तर कहीँ कतैबाट पनि हाम्रो समस्या समाधान हुन सकेन ।’ खानेपानीको समाधानको उपाय भनेको लिफ्ट मात्र भएको र धेरै बजेट लाग्ने भएकोले कुनै निकायबाट पहल नभएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here