Thursday, February 13, 2025
Homebreaking-newsमहिला सामुदायिकको आठ लाख बढी सहयोग

महिला सामुदायिकको आठ लाख बढी सहयोग

- Advertisement -spot_img

दाङ, ८ बैशाख
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलनबाट रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा हुनसक्ने खाद्यान्य अभावलाई मध्यनजर गर्दै महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद र खाद्यान्न सहयोग थालेको छ । आफ्नो कार्यक्षेत्र रहेका स्थानीय तहहरुलाई खाद्यान्न हस्तान्तरण गरिएको छ । पहिलो चरणमा दाङ र प्यूठानमा नगदसहित खाद्यान्न सहयोग गरिएको हो ।

कोरोना भाईरसका कारण भएको विपद्को समयमा समुदायमा रहेका विपन्न, सीमान्तकृत तथा दैनिक ज्याला मजदुरी गरी खाने ब्यक्ति, समुदायमा तथा संस्थामा आवद्ध विपन्न, सीमान्तकृत तथा जनजाति सदस्यहरुलाई सहयोग प्रदान गर्ने उद्देश्यले दाङ र प्यूठानका विभिन्न स्थानीय तहलाई सहयोग हस्तान्तरण गरिएको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिइन् ।

दुई जिल्लाका स्थानीय तहहरुलाई ७ लाख ३० हजार ७ सय बराबरको सहयोग अनुदान प्रदान गरिएको छ । दाङमा ४ लाख ३८ हजार रुपैयाँ, प्यूठानमा २ लाख ९२ हजार ७ सय रुपैयाँ र सशक्तिकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गतका बालबालिकाको परिवारलाई एक लाख बराबरको खाद्यान्न र नगद गरी ८ लाख ३० हजार ७ सय रुपैयाँ बराबरको अनुदान सहयोग गरिएको योगीले जानकारी दिइन् ।

दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका र प्यूठानको स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपालिका, नौबहिनी गाउँपालिका, ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका, सरुमारानी गाउँपालिका र झिमरुक गाउँपालिकामा खाद्यान्नसँगै स्थानीय तहको विपद् ब्यवस्थापन कोषमा नगद सहयोग गरिएको योगीले जानकारी दिइन् ।

‘यो विपदको समयमा महिला सामुदायिक संस्थाबाट केही सहयोग गर्न सकिन्छ कि भनेर हामीले छलफल ग¥यौं र सोही अनुसार दाङ र प्यूठानको स्थानीय तहलाई नगद र खाद्यान्नसँगै स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छांै’ योगीले भनिन्– ‘एकद्वार प्रणाली अपनाउनका लागि संस्थाको तर्फबाट स्थानीय तहलाई सहयोग हस्तान्तरण गरेका हौँ ।’आर्थिक सहयोगसँगै विपतको समयमा दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलवस्तु र रुपन्देही जिल्लाहरुमा सामुदायिक सचेतना प्रदान गरी सामाजिक सद्भाव तथा कोरोना भाइरसबाट बच्न सकिने विषयमा सर्वसाधारणहरुलाई सचेतना बनाउने काम पनि भएको संस्थाले जानकारी दिएको छ ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङको घोराही उपमहानगरपालिकालाई हात धुने साबुन खरिदका लागि नगद ४५ हजार ६ सय रुपैयाँ, तुलसीपुर उपमहानगरपालिकाकालाई १५ क्विन्टल चामल, शान्तिनगर गाउँपालिकालाई ११ क्विन्टल चामल, दंगीशरण गाउँपालिकााई १० क्विन्टल चामल, बबई गाउँपालिकालाई १० क्विन्टल चामल, राजपुर गाउँपालिकालाई १० क्विन्टल चामल हस्तान्तरण गरिएको छ ।

यसैगरी लमही नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा ५० हजार, राप्ती गाउँपालिका दाङको विपद् ब्यवस्थापन कोषमा नगद ५० हजार र गढवा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा छ हजार नगद रकम सहयोग गरिएको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणि रेग्मीले बताए । प्यूठानको स्वर्गद्धारी नगरपालिको विपद् ब्यवस्थापन कोषमा नगद ५० हजार रकम जम्मा गरिएको छ भने प्यूठान नगरपालिकालाई मास्क खरिदका लागि नगद ३५ हजार र खाद्यान्न खरिदका लागि नगद ३५ हजार रुपैयाँ गरी कुल ७० हजार रुपैयाँ नगद सहयोग गरिएको छ ।

नौबहिनी गाउँपालिकामा खाद्यान्य खरिदका लागि नगद ३७ हजार ७ सय रुपैयाँ, मल्लरानी गाउँपालिकामा खाद्यान्न खरिदका लागि नगद ३० हजार, ऐरावती गाउँपालिकामा मास्क खरिदका लागि नगद ५० हजार, झिमरुक गाउँपालिकामा मास्क खरिदका लागि नगद २५ हजार र सरुमारानी गाउँपालिकामा खाद्यान्न खरिदका लागि नगद ३० हजार सहयोग गरिएको रेग्मीले बताए । संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अनुदान सहयोग प्रदान गरिएको रेग्मीले जानकारी दिए । संस्थाको कार्यक्षेत्र रहेका अन्य स्थानीय निकायसँग समन्वय गरी आर्थिक, खाद्यान्नं तथा अन्य सहयोग गर्ने तयारीमा रहेको संस्थाका बरिष्ठ प्रबन्धक पवन योगीले जानकारी दिए ।

सशक्तिकरणका लागि शिक्षा कार्यक्रमअन्तर्गत एक लाख सहयोग
महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालित सशक्तिकरणका लागि शिक्षा कार्यक्रमअन्तर्गत औपचारिक शिक्षा कार्यक्रममा सहयोग गरी रहेको बालबालिकाहरु तथा उनीहरुको परिवारलाई एक लाख बराबको राहत वितरण गरेको छ । कोरोना भाईरसको समयमा भएको लकडाउनका कारण उनीहरुको परिवारलाई अप्ठेरो नपरोस् भनेर सहयोग गरिएको कार्यक्रम अफिसर लक्ष्मी गुप्ताले जानकारी दिइन् ।

१२ जना द्वन्द्व प्रभावित, विस्थापित, दलित तथा पछाडि पारिएका समुदायका परिवारका बालबालिकाहरुलाई प्रतिघर २५ केजी चामल, ५ केजी दाल, चिउरा २ केजी, तेल २ लिटर, साबुन ३ पिस वितरण गरिएको थियो । साथै ४ परिवारलाई प्रतिपरिवार नगद २ हजार ५ सयका दरले सहयोग प्रदान गुप्ताले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here