Friday, February 7, 2025
Homebreaking-newsअप्ठेरोमा परेकाको तत्काल उद्दार हुन्छः नगरप्रमुख पाण्डे

अप्ठेरोमा परेकाको तत्काल उद्दार हुन्छः नगरप्रमुख पाण्डे

- Advertisement -spot_img

तुलसीपुर, ८ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाले जटिल अवस्थामा रहेका आफ्ना नागरिकलाई सहयोग आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेको छ । विपन्न वर्गका ६ हजार बढी जनतालाई राहत वितरण गरिसकेको उपमहानगरपालिकाले जटिल अवस्थामा रहेकालाई सहयोग गर्न लागेको हो ।

देशका विभिन्न भागमा रहेका नागरिकको सहजताका लागि समन्वय गरिरहेको बताउँदै नगरप्रमुख घनश्याम पाण्डेले कुनै पनि अप्ठेरो अवस्थामा रहेका नागरिकलाई प्रत्यक्ष सम्पर्क गर्नका लागि अनुरोध गरेका छन् ।

‘अप्ठेरोमा परेकालाई ९८५७८२३८८५ र ९८५७८२१०४७ मा सम्पर्क गर्नुहुन अनुरोध छ’ नगरप्रमुख पाण्डेले भने । उनले संकटको अवधिमा नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको जानकारी दिए । ‘जिल्ला बाहिर रहेका पनि हाम्रो सम्पर्कमा आउनुभयो भने हामीले उद्धारका लागि पहल गर्नेछौं’ नगरप्रमुख पाण्डेले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here