Friday, February 7, 2025
Homebreaking-newsविपन्न परिवारलाई सहकारीमार्फत राहत

विपन्न परिवारलाई सहकारीमार्फत राहत

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
बैशाख ८, सल्यान

सल्यानको दार्मा गाउँपालिकाले विपन्न परिवारलाई सहकारीमार्फत निःशुल्क राहत वितरण गरेको छ । दार्मा गाउँपालिकाले दैनिक जीविकोपार्जन गर्न समस्या भएका विपन्न समुदाय तथा मजदुरलाई सहकारीमार्फत निःशुल्क राहत वितरण गर्दै आइरहेको छ ।

वडाको सिफारिस र गाउँपालिकाको निर्णयअनुसार उनीहरुलाई राहत वितरण भईरहेको गाउँपालिका अध्यक्ष निमबहादुर केसी अरुणले जानकारी दिए । गाउँपालिकाले दाबी विरोधका माध्यमबाट सार्वजनिक सूचना गरी अतिविपन्न तथा मजदुरहरको नामावली संकलन गरेको थियो ।

त्यस्तै गाउँपालिकाभित्रका अन्य व्यक्तिहरुलाई पनि सहकारीले सूपथ मूल्य सञ्चालन गरी गाउँपालिकाभित्रका सबै समुदायलाई राहत वितरण गरिदै आएको छ । सहकारीले ढुवानी अनुदान गाउँपालिकाबाट एकमुष्ट दिने उनको भनाई छ ।

लगानीको अधिकतम ३ प्रतिशत नाफा लिएर सहकारी कोषमा जम्मा गर्ने गरी सूपथ पसल सञ्चालन भईरहेको उनको भनाई छ । अन्यत्रबाट महंगोमा स्थानीयबासीले सामान किन्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहकारीमार्फत सूपथ पसल सञ्चालनमा ल्याइएको उनको भनाई छ । सहकारीमार्फत २३ टन खाद्यान्न विक्री वितरण भइरहेको उनको भनाई छ ।

नगद नहुनेले भत्ता कार्ड धितो राखेर र सहकारी सदस्यले बचत धितो राखेर खाद्यान्न लिनसक्ने ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था दार्मा गाउँपालिका–५ का प्रवन्धक सुरेन्द्र प्रकाश केसीले बताए । बजारमा ३ हजार पर्ने सोना मनसुली चामल सहकारीले २ हजार २ सय ८० मा बिक्री वितरण गरी रहेको उनको भनाई छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भन्दै तीन साता लामो लकडाउनका कारण समस्या भएपछि गाउँपालिकाभित्रका सबै समुदायलाई लक्षित गरी सूपथ मूल्य पसल सञ्चालन गरिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । प्रति व्यक्ति एक दिनमा एक किलोका दरले विक्री वितरण भईरहेको उनको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here