Friday, January 24, 2025
Homebreaking-newsमुक्तिनाथ बैकको तुलसीपुरलाई सहयोग

मुक्तिनाथ बैकको तुलसीपुरलाई सहयोग

- Advertisement -spot_img

दाङ ।
मुक्तिनाथ विकास बैक लिमिटेडले तुलसीपुर उपमहानगरपालिकाको फुड बैकमा खाद्यान्न सहयोग गरेको छ । तुलसीपुरलाई सेवा क्षेत्र बनाएर तुलसीपुरमा शाखा सञ्चालन गरेको बैकले ५० हजार बराबरको खाद्यन्न सहयोग गरेको हो ।

वैकका शाखा प्रवन्धक सरोज कुमार लामिछानेले नगरप्रमुख घनश्याम पाण्डेलाई साढे आठ क्वीन्टल चामल हस्तान्तरण गरेका हुन् । लकडाउनका कारण जीवनयापन गर्न गाह्रो भएकाले गरीब र विपन्न वर्गको घरमा खाद्यान्न अभाव नहोस् भन्नका लागि सहयोग गरेको प्रबन्धक लामिछानेले बताए ।


‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको छ ’ वैकका प्रबन्धक लामिछानेले भने । उपमहानगरपालिकाको राहत कोषमा सहयोग गर्ने मुक्तिनाथ पहिलो वित्तिय संस्था रहेको नगरले जनाएको छ ।


उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । सहयोग ग्रहण गर्दै नगरप्रमुख पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै बस्ने अवस्था सृजना हुन नदिने कुरा वताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here