मेयर साप !
रोगसँग लड्ने कि
भोकसँग लड्ने हो ?
मैले बुझ्नै सकिन
मेयर सापले,
पहिले हामी बाचाँै भनिरहदा
कसरी बाँच्ने हो मैले बुझ्नै सकिन ?
रोगसँग लड्नको लागि त पहिले
भोकसँगको लडाइँ जित्नु पर्दैन र ?
के कोरोनाले पनि यो भोकै छ भनेर
रोग लागेर मर्नु पर्दैन र ?
मेयर साप !
निश्चित छ मर्नु एकदिन रोगले
चाँडै मरिन्छ क्या हो अब भोकले
घर बाहिर निस्कदा रोगले तर्साउने
भित्र–भित्रै भोकले पछ्याउने
मेयर साप !
अब कसरी बाँच्ने ?
कोही भोकै रहनु हँुदैन
रोगसँगको लडाईमा छौं हामी
भनेर भाषण गरिरहदा तिमीले
कठै ! मजदुरका कथा बुझ्यौं तिमीले
चुलो नबलेको ब्यथा देख्यौं तिमीले
मेयर साप !
रोगको नाममा गरेको बन्दाबन्दी
कसरी मान्ने ?
रोगसँगको लडाइ हो भनेर कसरी जान्ने ?
जब लड्ने योद्धा खाली पेट छ भने
याद गर्नु मेयर साप
भोकले मरेको रेट बढ्यो भने
मेयर साप !
अब कुन लडाइ हो जित्ने ?
रोग वा भोक
हामी को सँग लड्दै छौं अहिले
केही बुझ्नै सकिन मैले
मेयर साप !
तिमीले लगाएको बन्दाबन्दीमा पनि
पैदल यात्री देख्यौं नि तिमीले
कि नदेखे झै ग¥यौं तिमीले ?
भोक छ कि शोक छ
केही सोध्यौं तिमीले
मेयर साप !
स्पष्ट पारिदेउ न
भोकसँगको हो कि
रोगसँगको लडाइ हो ।