Friday, February 7, 2025
Homebreaking-newsलकडाउनमा १७ जना बलात्कृत

लकडाउनमा १७ जना बलात्कृत

- Advertisement -spot_img

दाङ, ७ बैशाख ।
लकडाउनको समयमा प्रदेश नम्बर ५ मा १७ महिला बलात्कृत भएका छन् । बन्दाबन्दीको २४ दिनको अवधिमा प्रदेशका नम्बर ५ का ८ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रदेशका दाङ, रुकुम पूर्व, अर्घाखाँची र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा ५ वटा बलात्कारका घटना भएका छन् ।

त्यसैगरी कपिलवस्तुमा ४, गुल्मी र बाँकेमा २/२ तथा रोल्पा, बर्दिया, प्यूठान र नवलपरासीमा १/१ वटा घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

बन्दाबन्दीमा बर्दियामा जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरी जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताए

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here