Friday, February 7, 2025
Homebreaking-newsघाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, ७ बैशाख ।

घाँटीमा मासु अड्किएर सल्यानमा एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ बर्षिय देवीलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

शनिबार राति सल्यानचौरस्थित स्थानीय बालाराम कँवरको घरमा धामीझाँक्री गर्न गएका उनको आइतबार बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्किएको थियो । मासु अड्केपछि उपचारका लागि आइतबार बिहान अस्पताल पु¥याउने बित्तिकै कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कामीको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा धामीझाँक्री गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here