Friday, February 7, 2025
Homebreaking-newsतुलसीपुरमा पैदल यात्रीलाई भोजन तथा यातायातको व्यवस्था

तुलसीपुरमा पैदल यात्रीलाई भोजन तथा यातायातको व्यवस्था

- Advertisement -spot_img

दाङ, ६ बैशाख ।
तुलसीपुर उद्योग वाणिज्य सघंको अगुवाईमा दाङ जिल्लामा क्रियाशील दशवटा सामाजिक संस्थाहरुले पैदल यात्रुहरुलाई खाना बस्न र गन्तब्यसम्म जान गाडीको ब्यबस्थापन गर्न सुरुवात गरेका छन् । देशभरबाट गन्तब्यसम्म पैदल हिडेर तुलसीपुर आईपुगेका पैदल यात्रुहरुलाई सामाजिक संघ संस्थाहरुको सामूहिक प्रयासपछि अरनीको मैदान र नजिकै रहेको श्री गणेश पार्टी प्यालेसमा ब्यवस्थापन गर्ने सहमति भएको हो ।

सामाजिक दूरी कायम राख्दै उद्योग वाणिज्य संघमा आयोजना गरिएको संघ संस्थाहरुका अध्यक्षहरुको बैठकले लकडाउन अवधिभर एकछाक खाना, पानी, बिस्कुटको ब्यवस्थापन गर्न सबैले सहयोग गर्ने बताएका थिए । शनिबार वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा ‘मानवीय सेवा आजको आवश्यकता’ भन्ने मुल मान्यताअनुसार सेवा शुभारम्भ गरिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सघका निवर्तमान अध्यक्ष एव सामाजिक अभियान्ता विमल रिजालले मानवीय सेवा पहिलो धर्म भएको भन्दै यो विषम परिस्थितिमा एकआपसमा सहयोगीको भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले चामल र तेलको ब्यवस्थापन रिजाल मिलले मिलाउने समेत प्रतिवद्धता ब्यक्त गरे ।

यस्तै बैठकमा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले यस जिल्लाका यातायात ब्यवसायीहरु यो अभियानमा सँगसँगै रहेको बताए । अध्यक्ष हमालले भने ‘शुक्रबार साँझदेखि नै सबै यातायात ब्यवसायीहरुको समन्वयमा बाटोमा रोकिएका पैदल यात्रुलाई गन्तब्यसम्म पु¥याउने काम सुरु भैसकेको छ ।’ हामीले स्थानीय सरकार, प्रशासन र उद्योग वाणिज्य संघहरुको समन्वयमा शनिबारदेखि सल्यानको श्रीनगर र पश्चिम दाङको सीमाना हंसपुरसम्म यात्रुहरु लग्ने छांै र त्यसपछिको ब्यवस्थापन स्थानीय नगरपालिका र गाउँपालिकाले गर्नुपर्छ ।

कार्यक्रममा लायन्स क्लव अफ दाङका अध्यक्ष यज्ञ बहादुर केसी, रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसी, तुलसीपुर नगर जेसिजका अध्यक्ष मोहन सुनार, पूर्वअध्यक्ष दिपेश भण्डारी, वाणिज्य संघका सचिव बिनिल केसी, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नविन राई, लियो क्लव अफ दाङ तुलसीपुरका कार्यवाहक अध्यक्ष सन्तोष केसी, चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुन लगायतले यो संकटको घडीमा मानव सेवा गर्न स्थापना भएका सामाजिक संस्थाहरुले आफू सुरक्षित हुँदै सहयोग गर्न अगाडि बढ्नुपर्ने बेला आएको बताए ।

तुलसीपुर पुगेका पैदल यात्रुहरुलाई आवश्यक स्वास्थ्य परिक्षणको ब्यवस्था राप्ती प्रादेशिक अस्पतालको सहयोगमा तुलसिपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन महाशाखाले गर्नेछ । उक्त अवसर सबैको स्वास्थ्य परिक्षण गर्ने र केही समस्या देखिए स्थानीय क्वारेन्टाईनमा राख्ने तयारीसमेत गरिएको छ । साथै त्यसको जानकारी स्थानीय सरकारलाई गराउने पनि तयारी गरिएको छ । त्यसैगरी खाना ब्यवस्थापन, साबुन पानीले हात धुने स्थान, मास्क र अन्य आवश्यक तयारीका लागि सबै संस्थाहरुले प्रत्येक दिन तीनजना स्वयम्सेवकहरु खटाउने छन् ।

साथै यस अभियानमा सहयोग गर्नु चाहनु हुने महानुभावहरुले रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको मोवाईल नम्बर ९८५७८२०७१३, प्रकाश भट्ट ९८५७८२०२६०, मोहन सुनार ९८५७८३४९२८, टेक प्रकाश केसी ९८५७८२०४१८, नवीन राई ९८५७८२१५६६ लाई सम्पर्क गर्नुहुन अपिल गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here