- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-news११ जनाको स्वाव संकलन गरी प्रदेश अस्पताल पठाइयो

११ जनाको स्वाव संकलन गरी प्रदेश अस्पताल पठाइयो

- Advertisement -spot_img

सल्यान, २८ चैत ।
सल्यानको कपुरकोटबाट ११ जनाको स्वाव संकलन गरी परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । जिल्ला अस्पताल सल्यानको प्राविधिक सहयोगमा विदेशबाट घर फर्किएका शंकास्पद व्यक्तिहरुको कोभिड–१९ को नमुना संकलन गरी जाँचको लागि प्रदेश अस्पतालमा पठाईएको स्वास्थ्य शाखा संयोजक अरुण दाहालले जानकारी दिएका छन् ।

यसैबीच कपुरकोट गाउँपालिकाले विदेशमा रहेका पालिकाभित्रका नागरिकहरुको पनि विवरण तयार गरेको छ । रोजगारीको सिलसिलामा हाल १ हजार ४ सय १६ जना नागरिक विभिन्न देशमा रहेको गाउँपालिकाले जनाएको छ । हरेक वडाबाट संकलन गरिएको विवरण अनुसार गाउँपालिकाका ६ सय १२ जना भारत, ३ सय ३७ जना मलेसिया, १ सय ७४ जना साउदीअरबमा रहेका छन् ।

यस्तै १ सय ४७ जना कतार, ८२ जना दुबई, २४ जना कुबेत, १६ जना जापान, माल्दिभ्स र अमेरिकामा एक÷एक जना तथा अन्य विभिन्न देशमा २२ जना रहेका छन् । उनीहरुको घरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुसमेत पुगेर विदेशबाट फर्किसकेपछि परिवार र छरछिमेकको सम्पर्कमा जानुभन्दा पहिला आवश्यक परामर्श गरी १४ देखि १८ दिनसम्म होम क्वारेन्टाइनमा रहन सुझाव दिने कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जनाए ।

कपुरकोट गाउँपालिकाका छवटै वडाका गाउँ टोलहरुमा कोरोना भाइरस संक्रमण फैलन नदिन निगरानी समूह पनि गठन गरिएको छ । वडा नम्बर १ मा ४ वटा वडा नम्बर २ मा ५ वटा, ३ मा ४ वटा, ४ मा ३ वटा, ५ मा ११ वटा र ६ मा ९ वटा निगरानी समूह गठन गरिएको भण्डारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here