- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकोरोना विशेष अस्पतालमा भेन्टिलेटर

कोरोना विशेष अस्पतालमा भेन्टिलेटर

- Advertisement -spot_img
कोरोना विशेष अस्पतालमा राखिएका बेड । तस्बिर सौजन्य दोर्ण वली

दाङ, २७ चैत ।
दाङमा स्थापना भएको कोरोना विशेष अस्पतालमा भेन्टिलेटर सेवा सुरु गरिएको छ । राप्ती प्रादेशिक अस्पतालमा रहेका भेन्टिलेटरसहितको आईसीयूलाई कोरोना विशेष अस्पताल बेल्झुण्डीमा लगेर सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा सर्बेश शर्मा बताए ।
आईसीयू सञ्चालनका लागि सामग्री खरिद गर्न खोलिएको टेण्डरमा मूल्य उच्च रहेकाले उक्त टेण्डर रद्द गरी पूनः टेण्डर तत्कालको अवस्थाको आबश्यक परेका सहज गराउन भेन्टिलेटर जडान गरिएको बताए । कोरोना भाइरसका बिरामीको उपचारलाई मध्यनजर गर्दै ५ बेडको आईसीयू २ वटा भेन्टिलेटर र ३ वडा मनिटर जडान गरिएको डा शर्माले बताए ।

कोरोना विशेष अस्पतालमा राखिएका बेड । तस्बिर सौजन्य दोर्ण वली


कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका सूचना अधिकारी कमल चन्दका अनुसार हालसम्म आईसीयूमा राख्नुपर्ने अवस्थाका कुनै पनि विरामी छैनन् । तर पनि तयारी राख्नु पर्ने भएकाले जडान गरिएको बताए ।
राप्ती प्रादेशिक अस्पतालमा रहेका सामग्री लिएर भेण्टिलेटरसहितको आईसीयू सञ्चालनमा ल्याइउने तयारी भएको हो । अहिले कारोना विषेश अस्पतालमा २० जना रहेका छन । प्रदेश सरकारले कोरोना रोकथाम उपचारका लागि एक सय बेडको विशेष अस्पताल सञ्चालन गरेको हो ।
०००

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here