- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरएन प्याब्सन गढवाद्वारा गाउँपालिकामा राहत

एन प्याब्सन गढवाद्वारा गाउँपालिकामा राहत

- Advertisement -spot_img

दुखहरण यादव
गढवा, २७ चैत ।

गढवा गाउँपालिकाभित्र रहेका एन प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरुको समूहले गढवा गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषमा राहत सहयोग गरेको छ । एन प्याब्सनका दाङका जिल्ला सदस्य तथा ज्ञानज्योति इङ्लिस बोर्डिङ गढवाका प्रधानाध्यापक दिपक यादवको नेतृत्वमा गएको गढवा गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोष २३ हजार ५ सय रुपैयाँ सामाजिक दूरी कायम गरी राहत सहयोग हस्तान्तरण गरेको गढवा गाउँपालिकास्तरीय एन प्याब्सनका संयोजक निर्मल रावतले बताए ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्न सहयोग होस् र गढवा गाउँपालिकाले कोरोनासँग लड्न संस्थागत विद्यालयहरु सधै सँगै रहेको एन प्याब्सन दाङका जिल्ला सदस्य दीपक यादवले बताए ।

राहत रकम बुझ्दै गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले स्थानीय सरकारले विश्वब्यापी महामारी कोरना भाईरसको संक्रमण रोकथाममा नागरिकलाई लकडाउनमा बस्न आह्वान गरिरहेको र समुदायमा असहाय, अपाङ्ग, अशक्त, गरिव, विपन्न र दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने परिवारलाई सक्दो राहत सामाग्री दिदै आएकोमा एन प्याप्सनमा आवद्ध सम्पूर्ण संस्थागत विद्यालयको तर्फबाट राहत रकम प्रदान गरेकोमा गाउँपालिकाको तर्फबाट धन्यवाद दिएका थिए ।

राहत हस्तान्तरणमा ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक यादव, नेपाल बोर्डिङ स्कुलका प्रधानाध्यापक निर्मल रावत र डेभिल बोर्डिङ स्कुलका प्रधानाध्यापक हरिप्रसाद यादवले क्रमश ८ हजार ५ सय, १० हजार र ५ हजार रकम संयुक्त रुपमा सहयोग गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here