- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsविचरा साइला बा

विचरा साइला बा

- Advertisement -spot_img

ओहो ! लकडाउनको १७औं दिन
साइला बाको भान्सा घरमा
एकछाक मात्र चुलो बल्न थालेको
आज ११औं दिन भैसक्यो ।
असहाय, गरिब अनि अति विपन्न
परिवारलाई राहत घरमै आउँछ भनेर
लगत लगेको पनि १० दिन बढी बितिसक्यो

अब सबैको घरमा राहत आउँछ
राजाले राहत कोषमा २ करोड सहयोग गरे
राष्ट्रपतिले आफ्नो तिलहरी बेचिन
अनि ब्यापारी र नेताहरुले
करोडौं रुपैयाँ सहयोग गरे
सहयोग आउनेक्रम अझै जारी

तपाईहरु घर बाहिर कतै ननिस्किनु होला है
कोभिड–१९ बाट बच्नुहोला
यस्तै–यस्तै मुख्य समाचार
बिहानै रेडियोबाट सुन्छन्
अनि प्रफुल्लित हुन्छन् साइला बा
चाउरिएर मुज्जा–मुज्जा परेको त्यो अनुहार
खुशी मुद्रामा देखिदा सबै
मुज्जाहरु एकै ठाउँमा पार्छन् अनि
खुशीले गदगद हुँदै भन्छन्
ओहो ! कस्तो मनकारी हाम्रा नेता

विचरा सोझा साइला बा
घरमै राहत आउँछ भन्ने झिनो आशामा छन्
के था उनलाई कि राहत
उनको घरको छेउसम्म पुगेर फर्कियो
उनी राहत पाउने आशामा
समाचारमै मख्ख छन्
अनि ढुक्क छन्
राहत घरमै आइपुग्छ भनेर

मलाई कता–कता डर लागिरहन्छ
साइला बाको त्यो आशा टुट्यो भने
उनको नाममा आएको राहत
अरु कसैले लग्यो भन्ने खबर आयो भने
कसरी सम्हाल्लान आफूलाई ?
कसरी चित्त बुझाउलान् साइला बा ?
विचरा सोझा साइला बा

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here