- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsरोजगारीको सिलसिलामा गएका ६८५ अलपत्र

रोजगारीको सिलसिलामा गएका ६८५ अलपत्र

- Advertisement -spot_img

इन्द्र बहादुर बुढाथोकी
सल्यान, २७ चैत ।

सल्यान, सुर्खेत, जाजरकोट, रुकुम पश्चिमसहित विभिन्न जिल्लाका रोजगारीको सिलसिलामा मोरङ, लमजुङ, काठमाडाँै, भक्तपुर पुगेका ६८५ जना अलपत्र परेका छन् । सरकारले कोरोना भाईरस न्यूनीकरण गर्न र उच्च सतर्कता अपनाउन लकडाउन गरेपछि उनीहरु मोरङको बेलबारी नगरपालिका र रगेनी नगरपालिकामा अलपत्र परेका हुन् ।

लक्ष्मी मार्ग, डाँगीहाट, बनौल, दवियाबिर्ता अमाही सडकमा सल्यान बनगाड कुपिण्डेका नगरपालिकाका ४० जना, सुर्खेत गुर्भाकोट नगरपालिका २१ जना, भेरीगंगा नगरपालिकाका १६ जना, जाजरकोट भेरी नगरपालिकाका २३ जना र रुकुम पश्चिम सानोभेरीका ९ जना र चौरजहारीका २ जना लगायत अन्य जिल्लाका सहित १४४ जना श्रमिक मजदुरहरु आयोजना निर्माण स्थलमा अलपत्र परेको बताएको छ ।

त्यस्तै लमजुङको दोर्जे खोलामा काम गर्ने ४१ जना र भक्तपुर काठमाडाँै सरस्वती इट्टा उद्योग, एनबि इट्टा उद्योग, सरस्वती माता इट्टा उद्योग लगायतका उद्योगमा काम गर्ने सल्यान सुर्खेत ५ सय मजदुर रहेको आइते पुनले बताएका छन् । पुनका अनुसार आफूहरु घर आउन चाहेको बताएका छन् ।

धेरैको संख्यामा कामसँगै गर्ने गरेको र कोरोना भाइरस आएमा अत्यन्तै जोखिम बढ्न सक्ने भन्दै उनले घर फर्किन चाहेको बताए । घरबाट फोन गरेर आउनु भनेर आत्तिरहेको समेत पोखर सिङ घर्तीले बताए । आफू लगायत अन्य ५ जनाले १ सय जनाको कमान गरेर इट्टा उद्योगमा काम गरिरहेको समेत बताएका छन् ।

कोरोना भाईरसको संक्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर गरिएको लकडाउनको अवस्थामा निर्माण कार्यको लागि आवश्यक कच्चापदार्थ तथा निर्माण सामाग्रीहरुको अभावलगायतका कारणले आयोजनाको काम बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् ।

त्यहाँ रहेका कर्मचारी र मजदुरहरुका लागि खाद्यान्न अभाव हुन थालेको छ । खाद्यान्न अभाव भएपछि त्यहाँ रहेका कर्मचारी तथा श्रमिकहरु आफ्नो घरमा सुरक्षित रुपमा फर्किन चाहेको मानबहादुर घर्तीले बताए । लकडाउन छ ‘यहाँ हामीसँग न त पैसा छ न त खाद्यान्न ? हामी घरमा जान चाहन्छांै’ त्यहाँ रहेका श्रमिक घर्तीले भने । यस्तो अवस्थामा हामी हाम्रो परिवारसँग बस्न चाहन्छांै त्यसैले हामी घर फर्कन चाहेको मजदुरहरु बताउछन् ।

सल्यानका प्रमुख जिल्ला अधिकारीले सवारी पास अहिले कुनै जिल्ला दिन नमिल्ने र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित गाउँ तथा नगरपालिकाले खाना बस्नको व्यवस्था गर्नुपर्ने बताए । अलपत्र परेका श्रमिकहरुले सल्यानको सम्बन्धित निकाय जिल्ला प्रशासन र पालिकाहरुले उद्दारको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here