- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsसन्नाटा (लकडाउन)

सन्नाटा (लकडाउन)

- Advertisement -spot_img

कस्तो आयो जमाना झ्यालखानाको बसाई झैं
यत्रतत्र सुन्य सन्नाटा जंगलको बासाई झैं
खानापिना उस्तै छ चिडियाखानाको जन्तु झैं
रमाई रहेको होला हेतु पनि भए मानव हामी झैं

डरत्रास भोकमरी उस्तै छ हुने के हो उठ्दा बिहानी खै
पैसाको नि मोल छैन् अब फ्याँक्दै छन् रे ! कागज झैं
धनी पनि गरिव भए यहाँ भोकलाई भोजनको कमीले
ठूला महल के रै’छ र खै गरिव भन्दै छ भए हामी झैं

हुनेछ एकदिन सुन्यसन्नाटा पौराणिक कथाको लेखन झैं
भोग्ने छन् मानव जातिले पनि जीवजन्तुको भोगाई झैं
चिल्ला गाडी पैसाको मात पुग्छ कहाँ प्रकृतिको रोजी
चल्ने चलाउने मैले हो घमण्ड नगर धनमा मात्ती

आहा ! म प्रकृति रमाएकी छु छेदविछेद बनाए छौं
सक्छौं रमाउँ तिमी कसरी संकटकालको भूमरीमा खै
मिली बस छैन् कोही धनी गरिव गुहार्दै छौं प्रकृतिलाई
धुपदिप गरी पुकार्दै छौं रे ! छुट्कारा देऊ पहिले झैं ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here