- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरतरुण दल र दलित संघको अग्नीपीडितलाई सहयोग

तरुण दल र दलित संघको अग्नीपीडितलाई सहयोग

- Advertisement -spot_img

दुख हरण यादव
गढवा, २६ चैत ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल दलित संघ क्षेत्र नम्बर १ देउखुरीले संयुक्त रुपमा गढवाका अग्नीपीडितलाई सहयोग गरेको छ । विश्व नै यतिबेला कोरोना महामारी संक्रमणबाट जोगिन सरकारद्वारा जारी गरिएको लकडाउनको पालना गरेर बिपत्तिसँग लडिरहेको बेला भएको आगलागी जस्तो दैविक प्रकोप सहेर बसेको अग्नीपीडितको घाउमा थोरै भए पनि मलमको काम गर्ने नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष किरण पौडेलले बताए ।

गढवा गाउँपालिका वडा नं. ६ मनिकापुरमा गत बिहीबार भएको आगलागीका पीडितलाई नेपाल तरुण दल क्षेत्र नं. १ देउखुरी अध्यक्ष किरण पौडेल तथा नेपाल दलित संघ क्षेत्र नं. १ देउखुरी सभापति प्रवल रसाइलीको नेतृत्वमा, नेपाली काँग्रेस युवा नेता विकास बिसी, नेका क्षेत्रीय प्रतिनिधि भुलन गुप्ता, नेपाल तरुण दल क्षेत्रीय वरिष्ठ उपाध्यक्ष किरण विक्रम शाहसहितको सहभागितामा गएको टोलीले आगलागीबाट पीडित भएका ६ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।

वितरण गरिएको खाद्यान्नमा अग्नीपिडित प्रति परिवार २५ केजी चामल, ३ किलो दाल, १ किलो नुन र १ पोका खाने तेल सहयोग गरिएको नेपाल दलित संघका क्षेत्र नं. १ का सभापति प्रवल रसाइलीले बताए । गत बिहीबार विद्युतको तार सर्ट भई आगलागी भएर १ घर, १ गोठ जलेको कृष्ण बहादुर सुनार, १ घर, १ भान्सा जलेको भक्त बहादुर सुनार र १ घर र १ गोठ जलेको बिनोद सुनार, ऋशि राना र बिष्णु राना तथा ७० हजार नगद जलेको नेत्र गिरीको परिवारलाई सहयोग स्वरुप चामल, दाल, नुन र तेल सहयोग गरेको नेपाल तरुण दल क्षेत्रीय वरिष्ठ उपाध्यक्ष किरण विक्रम शाहले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here