- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरस्वास्थ्यकर्मीलाई पिपिई हस्तान्तरण

स्वास्थ्यकर्मीलाई पिपिई हस्तान्तरण

- Advertisement -spot_img

तुलसीपुर, २६ चैत ।
रोटरी क्लव अफ तुलसीपुर सिटिले विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरसले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा शंकास्पद बिरामी र पहिचान भैसकेका बिरामीको उपचार गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई अति आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपई) रोटरी डिष्ट्रिक ३२९२ को समन्वयमा रोटरी क्लव अफ दरबारमार्गले उपलब्ध गराएको उच्च गुणस्तरयुक्त पन्ध्र थान पिपिई तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र जिल्ला विपद् व्यबस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई क्लबका अध्यक्ष देवबदादुर केसीले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।

अस्थायी क्वारेन्टाइन स्थल गुरुजजुर मावि रक्षाचौरमा सम्पन्न पिपिई हस्तान्तरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष विमल रिजाल, उपाध्यक्ष यज्ञबहादुर केसी, विनिल केसी र रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको सहभागिता रहेको थियो ।

रोटरी डिष्ट्रिक डिजास्टर रिलिफ कमिटिका मेम्बर सेक्रेटरी तथा रोटरी क्लब अफ दरबारमार्गका पूर्व अध्यक्ष नुगल वैद्यले जिल्लामा आवश्यक पर्ने थप पिपिई अझै पनि उपलब्ध गराउन सकिने बताएको क्लवका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले कार्यक्रममा जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here