- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरघरदैलोमा कोरोना सचेतना

घरदैलोमा कोरोना सचेतना

- Advertisement -spot_img

श्रीराम दहित
अमिलिया, २६ चैत ।

कोरोना भाइरस कोभिड–१९ टोल बस्तीमा प्रवेश रोक्न घरदैलोमै पुगि सचेतना गरिएको छ । विश्वव्यापी रूपमा भुसको आगोझैँ फैलिएको कोभिड–१९ ले लमही–९ का टोलबस्तीमा प्रवेश नपाओस् भन्ने उद्देश्यले घरदैलो सचेतना गरिएको वडा अध्यक्ष भेषबहादुर केसीले बताए ।

यसैबीच गायत्री टोलमा प्रवेश नगरोस् भन्ने उद्देश्यले घरदैलोमै सचेतना गरिएको टोल विकास संस्थाका उपाध्यक्ष मिनबहादुर कामीले बताए । अधिकांश दलित, जनजाति तथा निम्न आयस्रोत भएको बस्तीमा सूचनाको माध्यम रेडियो, टेलिभिजनको पहुँचको टाढा हुँदा कोभिड–१९ भाइरस सर्ने तरिका बच्ने बचाउने जानकारी नभएको महसुस गरिएको सदस्य प्रेम चौधरीले बताए ।

गायत्री टोलका प्रायः घरहरु पूर्व–पश्चिम राजमार्ग छेउछाऊ रहेका छन् । संक्रमित व्यक्तिको आवातजावत हुन सक्ने सतर्कताका लागि मालबाहक ट्रक, यात्रुबाहक बस तथा एम्बुलेन्सहरुमा झ्याल ढोका बन्द गरेर मात्र यातायातका साधन चलाउनुपर्ने टोल विकास सदस्य तारा खनालले वडा अध्यक्ष केसीलाई सुझाइन् ।

अत्यावश्यक अवस्था बाहेकमा बन्दाबन्दी (लकडाउन) भनिए तापनि अनावश्यक व्यक्तिहरु सडकमा खुल्ला रूपमा हिड्ने गरिएको हुँदा ईलाका प्रहरी अमिलियाले निगरानी बढाउनु पर्ने टोलबासीले गायत्री टोल विकास संस्थाका अध्यक्ष श्रीराम दहितमार्फत आग्रह गरे । टोलमा दैनिक मजदुर गरि खाने तथा न्यून आय भएका समस्यामा परेका १३ घर परिवार लाई वडा कार्यालयबाट प्राप्त प्रथम चरणको राहत खाद्यान्न वितरण गरिएको गायत्री टोल विकास संस्थाकी सचिव भूमा वलीले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here