- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरप्याब्सन गढवाको गाउँपालिकालाई सहयोग

प्याब्सन गढवाको गाउँपालिकालाई सहयोग

- Advertisement -spot_img

दुख हरण यादव
गढवा, २५ चेत ।
प्याब्सन गढवागाउँपालिका समितिले गढवा गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा सहयोग गरेको छ ।
प्याब्सन दाङका सह सचिव बिकाश रजौरेको नेतृत्वमा गढवाको शुभतारा बोर्डिङ स्कुल, बुद्ध ज्योती, धुर्बतारा, मुनराइज, बाल सन्सार, प्रतिस्ठा एकेडेमी, कोशेली स्कुल, दीप गङगा स्कुल, डिभाइन मण्टेस्वरी, राप्ती साउथर्न र ग्रीन ल्याण्ड बोर्डिङ स्कुलबाट सञ्कलन गरेको रकम गाउँपालिका भित्रका बिपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने सहयोग पुर्‍ याउने उदेशयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ५९ हजार रुपैयाँ सहयोग गरेको प्याब्सन दाङका सहसचिव तथा शुभतारा बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरेले बताए । राहत रकम बुझदै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले संकटको यस घडीमा गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेकोमा धन्यवाद दिए । गाउँपालिकाले कोरोनाको संक्रमणबाट श्रृजित समस्याको समाधान गर्न अति बिपन्न तथा गरिब परिवारलाई राहत बितरणको लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेर सहयोग गर्ने सहयोग दाताको संख्या बढ्दै गएको छ । । गढवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा अहिले सम्म लगभग आधा दर्जन संघ संस्थाले सहयोग गरेको गढवा गाउँपालिकाका प्रशासन शाखाका बुद्धिमान चौधरीले बताए ।
कोषमा यस अघि एन आइसी एसिया बैंक, नेपाल निर्माण श्रमिक संघ, नेपाली कांग्रेस क्षेत्र नम्बर १ ,समानता सहकारीले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here