प्रदेश टुडे
दाङ, २५ चैत /
दाङमा चलनचल्तीको भन्दा दोब्बर भाडा असुल्ने एम्बुलेन्स चालकसहित मेडिकल संचालक पक्राउ परेका छन् । प्रचलित भन्दा दोब्बर बढी भाडा असुल्ने लमहीको कृपा पोलिक्लिनक तथा मेडिकल हल संचालक कृष्ण आचार्य र कमलप्रसाद भुषाललाई प्रहरीले पक्राउ गरेको हो । लक डाउनको समयमा विरामीबाट अनाधिकृत रुपमा दोब्बर भाडा असुले पनि एम्बुलेन्स सचालकहरुलाई पक्राउ गरि कानुनी कारवाही प्रक्रिया अघिबढाइएको हो ।
लमहीबाट तुलसीपुरसम्मको भाडा २५ सयदेखि ३ हजारसम्म भएपनि ७ हजार लिन खोजेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । उनीहरुलाई प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाएको उसमेत बताए ।
Stay Connected
Must Read