- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमहिला सामुदायिक लघुवित्तद्वारा शान्तिनगरलाई राहत प्रदान

महिला सामुदायिक लघुवित्तद्वारा शान्तिनगरलाई राहत प्रदान

- Advertisement -spot_img

दाङ, २५ चैत ।
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड दाङले शान्तिनगर गाउँपालिकालाई राहत प्रदान गरेको छ । राहत प्रदान कार्यक्रमअन्तर्गत शान्तिनगर गाउँपालिकासँगको समन्वयमा संस्थाका सञ्चार अधिकृत देविराम कुसारी र फिल्ड सहायक केशव ढकालले गाउँपालिकाका स्टोर प्रमुख नन्दराम केसी र नायव पशु स्वास्थ्य प्राविधिक चित्रबहादुर क्षेत्रीलाई ४८ हजार चार सय रुपैयाँको ११ क्विन्टल चामल प्रदान गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कमनसिंह डाँगी र प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले खाद्यान्न आभाव भएको जानकारी दिएपछि संस्थाले चामल प्रदान गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोकमणि रेग्मीले जानकारी दिए । राहत बुझ्दै स्टोर प्रमुख केसीले संस्थाले प्रदान गरेको राहतले गाउँपालिकाका विपन्न परिवारलाई ठूलो सहयोग पुग्ने बताए ।

नौं सय घर परिवार विपन्न भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत विकले अझै पनि खाद्यान्न अभाव रहेकाले अन्य संस्थालाई पनि सहयोग गर्न आग्रह गरे । यो विपत्तिमा महिला समुदायिक नै आफ्नो गाउँपालिकामा सहयोग गर्ने पहिलो संस्था भएको बताउँदै विकले करिब चार सयलाई वितरण गरेको र बाँकीलाई पनि सहयोग जुटाउँदै गरेको जानकारी दिए ।

संस्थाले प्यूठानका चार र दाङका दुईवटा स्थानीय तहलाई करिव साढे तीन लाख बराबरको राहत यसअघि नै प्रदान गरिसकेको संस्थाका वरिष्ठ प्रबन्धक पवन योगीले जानकारी दिए । महामारीको रुपमा फैलिएको कोरोनाका कारण भएको लकडाउनबाट समस्यामा परेका संस्थाका सदस्य तथा विपन्न परिवारलाई राहत होस् भन्ने उद्देश्यका साथ राहत प्रदान कार्यलाई जारी राखेको संस्थाका आर्थिक व्यवस्थापन संयोजक एवं प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिइन् ।

ग्रामीण र विपन्न समुदायसँगै संस्था जन्मेको र हुर्केको हुँदा ग्रामीण समुदायको पीडा कम गर्न संस्थाले गरेको सानो सहयोगलाई सहर्ष स्वीकारेकोमा सबै स्थानीय तहलाई प्रमुख कार्यकारी निर्देशक योगीले धन्यवाद दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here