- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsआस्थाको दियो

आस्थाको दियो

- Advertisement -spot_img

मैले दियो बाल्दा तिमीलार्ई रिस हुन्छ भने
म अझै दियो बाली रहन्छु
तेल थपी–थपी ।
मैले थपेको त्यो तेलले
दियो झन धपक्क बल्ने छ
अझ झक्क हुनेछ
मेरो आस्थाको दियो ।

सक्छौं,
आउ निभाइदेऊ दियो
छताछुल्ल पारिदेउ तेल
अनि टुक्रा–टुक्रा पारिदेऊ

अहं
आएन है आँट ?
सकेनांै निभाउन मेरो आस्थाको दियो ?
अरे पटमूर्ख
कसरी आउँथ्यो हिम्मत ?
तिमीलार्ई यस धर्तीमा
तिम्रो आमाले स्वागत गर्दा
दियो नै जलाएकी थिइन्
अनि तिम्रो नाम राख्दाको रात
दियोको भरमा गुजारेकी थिइन

अ साँच्चै
तिमीलार्ई याद छ
अस्ति मन्दिरमा
तिमीले भगवानको मूर्तिमा
जोडले हिर्काएका थियौं
राता ठूलो आँखा पार्दै
तिमीले रिस पोखेका थियांै
तिमीलार्ई अलिकति पनि हेक्का
भएन है ?

त्यो हिर्काइ त्यो मूर्तिमा थिएन
मेरो आस्थामा तिमीले हिर्काएको थियौं
मेरो हृदयमा हिर्काएको थियौं
उफ
मैले बेकारमा मन दुखाए छुँ
तिमीले दियो निभाउने कुरा गर्दा
अरे, तिमी त परिवर्तनकारी
कति चाँडै बिर्सिएछौ है ?
त्यही दियोको उज्यालोमा कखरा पढेको
म पनि हेर्छु
तिमीले दियोको उज्यालोलाई कसरी परिवर्तन गर्नेछौ

आउ,
निभाइदेऊ दियो
छुताछुल्ल पारिदेऊ तेल
अनि टुक्रा–टुक्रा पारिदेऊ
अहं, तर कदापि सक्ने छैनौं
मेरो आस्थाको दियो
यति सजिलै निभाउन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here