- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsकर्णाली प्रवेश गर्ने मुख्य नाकामा कडाई …

कर्णाली प्रवेश गर्ने मुख्य नाकामा कडाई …

- Advertisement -spot_img

तीनदिन मात्रै खाद्यान्न पसल खुल्ने

सल्यान, २५ चैत ।
कर्णाली प्रवेश गर्ने मुख्य नाका सल्यानको कपुरकोटमा लकडाउनलाई थप कडाई गरिने भएको छ । सोमबार बिहान जनप्रतिनिधि, सुरक्षाकर्मी र ब्यापारी, व्यवसायीहरुले लकडाउनलाई कार्यान्वयन गर्दै लैजाने र हप्ताको तीन दिन मात्रै खाद्यान्न पसलहरु सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

आइतबार, मंगलबार र शुक्रबारका दिन बिहान एक घण्टा मात्रै खाद्यान्न तथा किराना पसल सञ्चालन गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्तीले जानकारी दिए । हप्ताको तीन दिन बिहान ७ देखि ८ बजेसम्म एक घण्टाको लागि मात्रै पसल सञ्चालन हुने छन् ।

यस्तै डेरी हरेक दिन बिहान ७ देखि ८ बजेसम्म र बेलुकी ५ देखि ६ बजेसम्म तथा तरकारी पसल हरेक दिन बेलुकी ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन हुने भएको घर्तीले जनाए । हरेक पसलले आफ्नो पसल अगाडी साबुन पानीले हात धुने ब्यवस्था गर्ने, सामाग्री बिक्री गर्दा निश्चित दूरी कायम गराउने विषयमा पनि छलफल तथा निर्णय भएको बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले जानकारी दिए ।

पछिल्लो समय बजार क्षेत्रमा चोरीका घटनाहरु पनि भएको भन्दै उच्च सतर्कता अपनाउने निर्णय भएको उनले जनाए । छलफलमा गाउँपालिका अध्यक्ष भिमबहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर सेन, ४ का अध्यक्ष हरिलाल पुन, प्रहरी चौकी कपुरकोटका इन्चार्ज दत्तबहादुर मल्ललगायतको सहभागिता थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here