- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsतुलसीपुरका दश वडामा राहत वितरण

तुलसीपुरका दश वडामा राहत वितरण

- Advertisement -spot_img

तुलसीपुर, २५ चैत ।
कोरोना संक्रमणको प्रकोपका कारण सरकारले लकडाउन गरेपछि काममा जान नपाएका ज्याला मजदुरहरुलाई तुलसीपुर उपमहानगरपालिकाले राहत वितरण गरेको छ । खाद्यान्नको अभावमा कोही पनि भौकै बस्न नपरोस् भनेर कार्यविधि बनाएर यस्तो राहत वितरण गरिएको हो । सरकारले घोषणा गरेअनुसार हरेक दिन कमाइ गरेर पेट पाल्ने मजदुरहरुलाई खाद्यान्नसहित अन्य राहत दिइएकोे नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ वटा वडा रहेको तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म दशवटा वडामा राहत वितरण गरिसकिएको सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिएका छन् । सूचना अधिकारी न्यौपानेका अनुसार अहिलेसम्म २ हजार परिवारलाई राहत वितरण गरिसकिएको छ ।

अहिलेसम्म राहत वितरण गरिएको वडाहरुमध्ये वडा नम्वर १ मा १६२, वडा नम्वर २ मा ७०, वडा नम्वर ३ मा ५०६, वडा नम्वर ५ मा ११८, वडा नम्वर ६ मा ४६८, वडा नम्वर १० मा ३१, वडा नम्वर १३ मा २३८, वडा नम्वर १५ मा १५०, वडा नम्वर १६ मा ५६ र वडा नम्वर १८ मा २०० घर परिवारलाई राहत वितरण गरिएको विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए ।

प्रतिघर परिवार ३० किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल र साबुन राहतमा दिइएको पनि खत्रीले जानकारी दिए । उनले वडा नम्वर ५ र ६ मा वडाको तर्फबाट वितरण गरिएको भएपनि नगरका तर्फबाट वितरण हुन बाँकी रहेको बताए । वडाबाट लगत आइसकेको र खरिद प्रक्रियामा रहेकाले अन्य वडामा पनि तत्कालै वितरण गरिने पनि शाखा प्रमुख खत्रीले जानकारी दिए । अधिकृत खत्रीका अनुसार अन्य वडामा पनि खाद्यान्न खरिद गरेर पठाउने क्रम जारी रहेको छ । ‘आपतकालिन भएका ठाउँमा पठाइरहेका छौं’ खत्रीले भने ।

उपमहानगरपालिकाले राहत वितरणमा अनियमितता नहोस् भन्नका लागि कार्यविधि बनाएर काम अगाडि बढाएको प्रवक्ता सूयबहादुर डाँगीले जानकारी दिए । कार्यविधिअनुसार दैनिक ज्यालादारीमा काम गर्नेहरुको पहिचान गरेर टोल विकास संस्थाले वडा कार्यालयमा पठाउने र वडा कार्यालयले सर्वदलीय बैठक बसेर त्यसको छानबिन गरी नगरमा पठाउने उल्लेख छ । ‘जनताले आफै दुःखमा परेका मान्छेहरु छान्न सकून् भनेर हामीले यो व्यवस्था गरेका हौं’ प्रवक्ता डाँगीले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here