Saturday, March 15, 2025
Homebreaking-newsकोरोना विपद् कोषमा डेढ लाख सहयोग

कोरोना विपद् कोषमा डेढ लाख सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर,२४ चैत ।

कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा सोमवार विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।
गरिब तथा निम्न आय भएका व्यक्तिहरुलाई राहत प्रदान गर्नका लागि दाङ्ग फिड इन्डष्ट्रिजले १ लाख १ हजार १ सय १ नगद प्रदान गरेको छ । यसैगरी इन्डष्ट्रिजले तुलसीपुर फुड बैकल ५ सय केजी नुन, ७० क्यारेट अण्डा प्रदान गरेका छन् । नगरप्रमुख घनश्याम पाण्डेलाई इन्डष्ट्रिजका संस्थापक देवराज केसी र धनेष वलीले रकम र खाद्यान्न प्रदान गरेका हुन् । यसैगरी राहत कोषमा आइडियल इङ्गलिस वोर्डिङ्ग स्कुलले ५० हजार ५१ प्रदान गरेको छ ।
सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नगरप्रमुख पाण्डेले रकमको उचित सदुपयोग गरेर विपन्न वर्गका जनतालाई राहत वितरण गर्ने प्रतिवद्धता जनाएका थिए ।
नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले वताए । उनले फुड वैकमा खाद्यान्न लगायतको जिन्सी समेत सहयोग गर्न सकिने वताए । उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here