- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsकोरोनाबाट जोगिन माईकिङ गर्दै सामुदायिक विपद व्यवस्थापन समिति

कोरोनाबाट जोगिन माईकिङ गर्दै सामुदायिक विपद व्यवस्थापन समिति

- Advertisement -spot_img

तुलसीपुर, २४ चैत ।
दाङमा कोरोनाबाट जोगिन सामुदायिक विपद व्यवस्थापन समितिहरु गाउँघरमा हाते माईक प्रयोग गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन गाउँबासीलाई आग्रह गर्न थालेका छन् । जिल्लाका विभिन्न समुदायमा गठन भएका सामुदायिक विपद व्यवस्थापन समितिहरु यतिबेला कोरोनाबाट बच्न सरकारले लकडाउन घोषणा गरेकोले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समुदायलाई आग्रह गर्दै कुनैपनि भेला जमघट नगरी नियमित साबुन पानीले हात धोऔंं भन्ने सन्देश दिदै उनीहरु गाउँघरमा माईकिङ गर्न थालेका छन् ।

नेपाललगायत विश्वभर कोरोनाको कारण महामारी फैलिएपछि आफूहरुले समुदायमा गठन भएको सामुदायिक विपद व्यवस्थापन समितिमार्फत कोरोनासम्बन्धी सतर्कताका लागि सबै गाउँलेहरुको ध्यान केन्द्रित गर्न सामुदायिक विपद व्यवस्थापन समितिमा रहेका हाते माईकको सहारा लिएको दंगीशरण गाउँपालिका वडा नम्बर १ मा गठन भएको बाँकी सामुदायिक विपद व्यवस्थापन समितिका संयोजक युवराज खड्काले बताए ।

आफूहरुले समुदायमा स्थानीय प्रहरीसँगको समन्वयमा पटक–पटक हाते माईक प्रयोग गरेर मानिसहरुलाई सुरक्षित हुन र सरसफाईमा ध्यान दिन आग्रहका साथै साबुन पानीले हात धुने तरिका समेत सिकाईरहेको र सोही अनुसार समुदाय पनि सचेत भईराखेको पूर्वसूचना प्रणाली कार्यदलका संयोजक रमेश भण्डारीले बताए ।

दाङमा प्राक्टिकल एक्सनसँगको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले विपद पूर्वतयारी तथा बाढी पूर्वसूचना प्रणाली परियोजनामार्फत जिल्लाका आठवटा स्थानीय तहहरुमा विपद पूर्वतयारी र बाढी पूर्वसूचना प्रणालीका विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । जसअन्तर्गत राप्ती नदी र बबई नदी जलाधार क्षेत्रका अतिसंकटासन्नता समुदायमा रहेका कतिपय सामुदायिक विपद व्यवस्थापन समितिहरु यतिबेला हातेमाईकमार्फत समुदायलाई सचेत रहन आग्रह गरिरहेका छन् ।

गत वर्षहरुमा बाढीको कारण समस्या झेल्दै आएका समुदायहरु बाढीसँग सामना गर्न विभिन्न अभ्यास र तयारीमा जुटिरहेको बेला नेपाललगायत विश्वभर कोरोनाको कारण आफ्नो समुदायसमेत प्रभावित हुने अवस्था आएपछि आफूहरुले सामुदायिक विपद व्यवस्थापन समितिमार्फत गाउँघरमा सरकारले भने अनुसार सर्वसाधारणहरुलाई अनावश्यक काममा बाहिर ननिस्कन र साबुन पानीले नियमित हातको सरसफाईमा ध्यान दिन आग्रह गरिरहेको लमही नगरपालिका वडा नम्बर ८ बगरापुर सामुदायिक विपद व्यवस्थापन समितिका संयोजक कमल परियारले बताए । विपद पूर्वतयारीको विषयमा अभ्यस्त हुन थालेका सामुदायिक विपद व्यवस्थापन समिति र त्यस क्षेत्रका समुदायहरु कोरोनासँगै आफ्नो समुदाय कसरी सुरक्षित बनाउने ? भन्ने कुरामा चनाखो हुन थालेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here