- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकपुरकोटमा विपन्नलाई राहत सामाग्री

कपुरकोटमा विपन्नलाई राहत सामाग्री

- Advertisement -spot_img

सल्यान, २४ चैत ।
लकडाउनले गर्दा छाक टार्न हम्मे–हम्मे परेका विपन्न परिवारलाई विभिन्न क्षेत्रबाट राहत उपलब्ध गराउने कार्य जारी रहेको छ । आफ्ना पालिकाभित्रका असंगठित क्षेत्रका मजदुर तथा विपन्न वर्गका घरपरिवारलाई नगर तथा पालिकाहरुले राहत उपलब्ध गराईरहेका छन् भने स्थानीय तहहरुलाई विभिन्न क्षेत्रबाट राहत सामग्री प्राप्त हुने क्रम पनि चलिरहेको छ ।

कर्णाली प्रदेशसभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीका प्रमुख सचेतक गुलावजंग शाहसहित तीन युवा नेताले स्थानीय तहहरुलाई खाद्यान्न राहत उपलब्ध गराएका छन् । सोमबार कपुरकोट गाउँपालिकालाई सांसद् शाहसहित नेकपाका नेताहरु मनोज कुमार प्रधान र प्रमोद कुमार श्रेष्ठले पाँच सय किलो चामल, २० लिटर तेल र २० किलो नुन उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले बताए ।

राहत सामग्री ग्रहण गर्दै अध्यक्ष सेनले विपदको समयमा विपन्न नागरिकका लागि खाद्यान्न सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिए । साथै उनले गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा नगद तथा खाद्यान्न सामाग्री सहयोग गर्न ब्यापारी तथा सहयोगीहरुलाई आह्वान गरे ।
यसैबीच प्रदेशसभा सदस्य शाहले विपत्तिको बेला विपन्न वर्गलाई सबैले सहयोग गर्नुपर्ने बताए । सारा विश्व कोरोना भाइरसको संक्रमणले आक्रान्त भएको बेला देशमा सरकारले लकडाउन गरेको र यसलाई कार्यान्वयन गर्नु हरेक नागरिकको कर्तव्य रहेको जनाउँदै उनले प्रतिकूल अवस्थामा समस्यामा परेकालाई सहयोग गर्नुपर्ने बताए । कुनै पनि राहत वितरण कार्य पारदर्शी र वास्तविक पीडितकहाँ राहत पुग्नुपर्ने उनको जोड छ ।

यस्तै समाजसेवी तथा नेता प्रधान र श्रेष्ठले पनि विपन्नलाई केही दिन भए पनि छाक टार्न सजिलो होस् भनेर राहत सामाग्री प्रदान गरिएको बताए । जिल्लाका दशवटै स्थानीय तहमा राहत सामाग्री उपलब्ध गराइएको सांसद् शाहका स्वकीय सचिव रामबहादुर केसीले जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here